nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको विकासको गतिमै ब्रेक लाग्यो !
३५ करोड भन्दा बढिको क्षति

photo-1564050264.jpg

थाहा नगरपालिका क्षेत्रमा २२ असारदेखि लगातार भएको वर्षाको कारण धेरै पूर्वाधारको अत्याधिक क्षति भएको छ । विनाशकारी भुकम्प गए पश्चात बाढी र पहिरोले थाहानगरका विकासे संरचनाहरु बगाएपछि थाहा नगरपालिका लगायत मकवानपुरका विभिन्न स्थानीय तहहरुको विकास पछि धकेलिएको स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुको प्रतिक्रिया छ । मुलुकमा जनप्रतिनिधि चुनिएपछि विकासले गति लिँदै गर्दा प्राकृतिक प्रकोपले विकासलाई पछि पारेको छ । विकासका संरचनाहरु धेरै शुरु भए तर तिनलाई प्रकोपले विनास गरेको छ । 

वर्षाले थाहा नगरपालिकाको १२ वटै वडाले बाढी र पहिरोको जोखिम मोलिरहेका छन् । असारे विकासले गाउँदेखि गाउँ जोडिएको सडकहरु पहिरोमा परिणत भएका छन । किसानका उब्जाएको तरकारी बाली, धान मकै, काउली, बन्दा, खुर्सानी, गोलभेडा लगायतका बालीहरु सबै बगरमा परिणत भएको छ । गाउँगाउँमा पुर्याइएको सडकका कारण जोखिममा रहेका घर टहराहरु वर्षादले बगाएको छ भने अनेकौँ घरहरु पहिरोको जोखिममा   रहेको छ । थाहा नगरपालिकाको १२ वटै वडामा पटकपटक गएको पहिरोले गर्दा सवारी आवगमनमा अवरोध सृजना गरेकोमा नगरपालिकाको पहलमा सबै सडक सुचारु गराउन पहल गरिरहेको छ । नगरपालिकाले हेभी इक्युपमेन्टको संचालन गरेर सडक निर्माण गरिरहेको छ । थाहानगरको प्ररम्भिक विवरण अनुसार ४ हजार रोपनी क्षेफलमा लगाएको तरकारी र ६ सय १० रोपनी क्षेत्रफलमा लगाइएको अन्यबाली नष्ट भएको थाहा नगरपालिका कृषि विकास शाखाले जनाएको छ । बाढीका कारण तरकारीबाली ६ करोड ४० लाख तथा खाद्यन्न २४ लाख ४० हजार बराबरको क्षाति भएको जनाइएको छ । बाढीले ५ परिवार घरबार विहिन, ३०० भन्दा बढि घर जोखिममा परेको नगरपालिकाले जनाएको ।

थाहा नगरपालिका वडा नं १ मा भएका सबै सडकहरु पहिरोमा परेका छन् भने वर्षाका कारण आएको भेलले सडकका भुभाग सबै बगाएको वडा अध्यक्ष हेरमान गोपालीले बताए । उनका अनुसार खानीगाउँमा रहेको कालिकादेवी प्राथमिक विद्यालयको पछाडीको भागमा पहिरा गएपछि सो विद्यालय जोखिममा परेकोे छ । वडामा रहेका तरकारी बालीहरुको क्षति भएको छ । 

थाहा नगरपालिका वडा नं २ मा पनि वर्षाका कारण सबै सडकहरुमा क्षति पुगेको वडा अध्यक्ष गुप्त बहादुर कार्कीले बताए । भाङ्खोरिया जानेबाटो पनि पूर्ण रुपमा क्षति भएको छ । वडा भित्र रहेको १ हजार रोपनीमा रहेको तरकारी बाली सबै क्षति भएको छ । 

करिब १५ देखि २० घरहरु पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष कार्कीले बताए । करिब २० देखि ४० रोपनीको जग्गामा खेती गरेको जमिन बाढीले पुरिएको छ । फेदिगाउँमा पहिरोले एउटा घर नै पुरिएको भन्ने जानकारी आए पनि निवेदन नआएको उनले बताए । वडामा रहेको नदीको पानीको बहाबले नदी कटान गरको छ भने शंखमुलमा रहेको पालुङ जाने सडक र ह्युमपाइप समेत बगाएको वडाध्यक्ष कार्कीले बताए । अहिले वडामा २ वटा स्काभेटर र १ वटा जेसिबि लगातार चलाएर २ नम्बर वडामा काम भैरहेको छ । थाहा नगरपालिका वडा नं ३ मा भने पालुङबाट डाँडाबास जोडिने सडक खण्डको भुङ्दाल र बागेखोलमा सडक नै बगाएको छ । सो सडक निर्माण गरी शनिबारबाट आवागमन सहज बनायएको छ । सोही सडक खण्डमा पर्ने खैटेखोला पुलको छेउमा लगाइएको पर्खाल समेत भत्किएको छ । खैटेखोलामा आएको पानीको बहावका कारण हात्तिपाइलेको बाटो र बस्ति दुबै असर पारेको छ । खोलाको कारण बागेखोलामा रहेको     बजार, र बागोखोला पछाडी रहेको बस्ती पनि जोखिममा रहेको वडा अध्यक्ष राजेश के. सीले बताए । धार्मिक स्थल गोरखनाथ मन्दिर वरपर पहिरो जाँदा मन्दिर जोखिममा रहेको छ । 
   थाहा नगरपालिका वडा नं ३ मा महाभिरखोला तर्ने क्रममा १२ बर्षिय सन्चना बलामीको २७ असारमा खोलाले बगाएर ज्यान गएको छ । उनलाई खोलाले बगाएर ४ सय मिटर तल पु¥याएको   थियो । उनको घटनास्थलमै मृत्यू भएको थियो । वडा भित्र रहेको तरकारी बालीहरुमा धेरै नै क्षति भएको वडा अध्यक्ष के.सीले बताए । थाहा नगरपालिका वडा नं ४ मा पनि वर्षाले मानविय क्षति नगरे पनि तरकारी बालीहरु बगाएको छ । ग्रामिण सडकहरु सबै भत्किएको छ जसलाई अहिले पहिरो पन्छ्याउने काम भैरहेको छ । पानी पर्न रोकिएमा नियमित रुपमा सडक सुचारु हुने वडा अध्यक्ष दिपक सिं लामाले   बताए । थाहा नगरपालिकाको वडा नं ६ मा भने अत्याधिक मात्रामा तरकारी बालीमा क्षति पुगेको वडा अध्यक्ष शशिधर सु्वदीले बताए । वडामा अन्य वडाहरुमा भन्दा फरक र महंगा किसिमका र बेमौसमी   तरकारी खेती गरिने भए पनि वर्षादका कारण तरकारी बालीमा धेरै क्षति पुगेको छ । भेडे खुसानीमा क्षति पुगेको छ भने ४५÷४६ वटा टनेल सेटहरु पानीमा डुबेर विनास भएका छन् । वडाको १७ वटा 
घरहरु आँगन र पेटी पहिरो गएर झुण्डिएर रहेको अवस्थामा रहेको वडाअध्यक्ष सुवेदीले बताए । वडामा ३१ वटा विद्युतका पोलहरु भाँचिएका छन भने अहिले त्यसको मर्मत गरि बिजुली प्रसारण गरिएको छ । वडा भित्र रहेको सम्पुर्ण सडक तथा बाटोहरुको क्षति भएको उनले बताए । सडकमा अहिले जेसिबि चलाइ सफा गर्ने कार्य भैरहेको छ । उनका अनुसार वर्षाका   कारण विकास ५ वर्ष पछाडी हटेको बताए । आफुले अबको ३ वर्षमा सबै बाटोहरु पिच गरिदिने भनेपनि वर्षाले छेदबिच्छेद भए पछि विकास पछाडी हटेको बताए । थाहा ५ मा पनि सडक भत्केपछि सवारी सम्पर्क विच्छेद भएकोमा अहिले सबै सडकमा पहिरो पन्छाउने कार्य भैरहेको छ । वडा कार्यालय नै पहिरोको जोखिममा छ ।
     थाहा नगरपालिका वडा नं ७ मा ५÷७ वटा घरहरु लडेका छन भने २०÷२५ घर उच्च जोखिममा रहेका छन् । मानविय क्षति भने भएको छैन । २ घर परिवारको २ ÷साढे २ सय बोरा आलु बगाएको वडा अध्यक्ष सनम सिं मोक्तानले बताए । नदी कटानले गर्दा साविक भन्दा ५ फिट तल खोला झरेको छ । पोलहरु धेरै नै ढले पनि मर्मत गरी बुधबारबाट विद्युत सुचारु गरिएको उनले बताए । वडा भित्रका सबै सडकहरु क्षति भएको र ४९ लाख जतिको सडक क्षति भएको पुर्वानुमान गरिएको वडा अध्यक्ष मोक्तानले बताए ।

थाहा नगरपालिका वडा नं ८ मा पनि अत्याधिक मात्रामा सडकमा क्षति पुगेको छ । छाप को २५ घरधुरी उच्च जोखिममा रहेको वडा अध्यक्ष टिकाराम रुम्बाले बताए । जोखिममा भएका घरहरुलाई वर्षा रोकिए पछि सुरक्षाको कार्य गरिने भनि छलफल भएको उनले बताए । पहिरोले मकै, धान र तरकारीहरु अत्याधिक मात्रामा पुरिएको छ । सडक सुधारका लागि १ गते देखि नै मेशिन लगाइ सुधारको कार्य भैरहेको छ । वडामा रहेको इन्द्रयणी मा.विको पछाडि ठुलो पहिरो आएर पुरेको छ भने उक्त पहिरो पन्छ्याउने कार्य भैरहेको छ । 

यस्तै महाङ्काल प्रा.बि.को पनि अवस्था उस्तै रहेको छ । पञ्चकन्याको यसपालि मात्र निर्माण सम्पन्न भएको ३ कोठे भवन भत्किएको उनले बताए । उनका अनुसार हजार मिटर भन्दा माथिको ३÷४ वटा पहिरो गएको छ । थाहा नगरपालिका वडा नं ९ मा पनि नाराहिटी, खलीबन, खर्क लगायतका सबै सडकहरु पहिरोका कारण अवरुद्ध रहेको छ । ४÷५ वटा घरहरु पहिरोले पुरिएको वडा अध्यक्ष परशुराम श्रेष्ठले बताए । अवरुद्ध सडकहरु तरकारी व्यवसायी र वडाको समन्वयमा सुचारु गर्ने कार्य भैरहेको उनले बताए । थानकोट चित्लाङ सडक पनि अवरुद्ध भएको छ । अन्य ठाउँको तुलनामा तरकारी खेतीमा भने कम मात्र क्षेती भएको उनले बताए ।
    थाहा नगरपालिका वडा नं १० मा पनि सडकहरु सबै अवरुद्ध रहेका छन् । वडाका ३÷४ वटा घरहरु धरापमा रहेको वडा अध्यक्ष हिरा बहादुर गमालले बताए । टौखेलको एउटा वस्ती नै जोखिममा छ । पहिरोका कारण तरकारी बालीहरुमा पनि क्षेति भएको उनले बताए । थाहा नगरपालिका वडा नं १२ मा पनि सडकहरु अत्याधिक मात्रामा क्षती भएको छ । झाप्रेमा रहेको जनता प्रा. वि. मा रहेको टहराहरु बगाएको 
छ । लितीमा ३ घर भासिएर रहेको जनाकारी आएको वडा अध्यक्ष मान बहादुर स्याङ्तानले बताए । वडामा रहेको तरकारी बालीहरुमा समेत अत्याधिक क्षति भएको छ । धेरै मात्रामा पोल ढले पनि निर्माण गरी १ हप्ता पछि बिहिबार मात्र विद्युत सुचारु गरिएको उनले बताए । सडक सुचारु गर्नका लागि मेशिनको अभावले गर्दा समस्या रहेको उनले बताए । 
   थाहा नगरपालिका क्षेत्रको हालसम्म यकिन तथ्याङ्क भने अझै प्राप्त भएको छैन । नगरपालिकामा ७ साउनसम्म तथ्याङ्क संकलन भैसक्ने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनले प्रारम्भिक अनुमान अनुसार–३५ करोड बढिको क्षति भएको छ । सडक सम्बन्ध विच्छेद भएको सबै वडाहरुमा सडक पु¥याउनको लागि जेसीबीहरु संचालन गरिरहेको पनि उनले जानकारी दिए । नगरको सबै नौवटै स्वास्थ्य संस्थाहरमा अत्यावश्कीय औषधिहरु पु¥याइएको छ । सबै पििडतहरुको तथ्याङ तयार भएपछि आवश्यकता अनुसारको राहत सहयोगका लागि नगरपालिका, रेडक्रस, प्रदेश तथा संघ सरकारको सहयोगमा कार्यक्रमहरु संचालन गरिने विष्टले बताए । उनले यो विपदमा जनप्रतिनीधिको मात्र भर नपरी स्वतस्फूर्त रुपमा विकासमा जुट्न अपील पनि गरेका छन् । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।