nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–५ को वडा कार्यालयमा आगजनी

Ward-5-1571015482.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी भएको छ ।

वडा नम्बर ५ को आरनडाँडामा रहेको वडा कार्यालयमा २६ असोज राती करिब ११ः४० बजेतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले भने–‘ढोका फुटाएर, पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको रैछ, विद्युत मीटर बक्स फुटेको आवाजपछि गाउँलेले थाहा पाएछन् ।’ वडा कार्यालयमा रहेको सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

आगजनीको कुनै पनि समूह तथा व्यक्तिले जिम्मा लिएको छैन । उक्त वडा कार्यालय यसवर्ष मात्र बनाइएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)