Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–३ र ४ मा लघु उद्यम विकास कार्यक्रम लागू हुने

महिला शसक्तीकरण तथा गरिवी निवारण समूह नेपालको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रदेश–३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा भएको थियो ।

थाहानगरको विकास घरमा भएको कार्यक्रम थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्य तथा उपप्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नष्रपालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

१८ फागुनमा भएको कार्यक्रम महिला शसक्तीकरण तथा गरिवी निवारण समूह नेपाल हेटौंडाकी अध्यक्ष इन्दिरा न्यौपानेको सभाध्यक्षतामा भएको थियो । अभिमुखीकरणको अवसरमा थाहा नगरको वडा नं. ३ र ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लागू गरिने निर्णय भएको छ ।