nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–३ बागेखोलामा सामूहिकरुपमा लुतो फालियो(फोटो फिचरसहित)

luto5-Copy-1626449040.jpg

गाउँ घरमा लुतो फाल्ने प्रचलन हराउँदै गएको भन्दै थाहा नगरपालिका वडा नं. ३ बागेखोलामा १ साउन साँझ सामूहिकरुपमा लुतो फालिएको छ ।

घरघरमा मात्रै मनाउँदै आइएको साउने संक्रान्तिको लुतो फाल्ने परम्परालाई सामूहिक कार्यक्रम बनाई परम्परा र संस्कृतिको रक्षाको लागि सामूहिक लुतो फाल्ने कार्यक्रम गरिएको स्थानीय राजु कार्कीले बताए  । थाहा नगरपालिकामा पछिल्लो समय मौलिक चाडपर्वहरुको अस्तित्व हराउँदै गएको र त्यसतर्फ युवाहरुको आकर्षण बढाउन सामूहकिरुपमा लुतो फालेको बताएका छन । लुतो फाल्ने परम्परा पछिल्लो समय हराउँदै गएको र परम्पराको रक्षा सामूहिक लुतो फाल्ने कार्यक्रम आयोजना गरिएकाे सुदर्शन कार्कीले बताए । 

वर्खाभरि हिलो र पानीमा डुबेका कृषकहरुलाई यो रातमा विभिन्न औषधि मिसिएको जडीबुटी बालेको आगो तापेर आफूलाई स्वस्थ्य राख्ने प्रयास गरेको पूर्व वडाध्यक्ष भीमसेन खत्री बताउछन् । ‘लुतो फाल्नका लागि तयार गरिएको दाउरा र आगोमा पनि विशेष शक्ति हुन्छ,' उनी भन्छन्– 'त्यस बेलामा विभिन्न जडीबुटीहरु बालिएको हुन्छ, जुन छालाका लागि राम्रो हुन्छ ।’

लुतो, दाद आदि छालासम्वन्धी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहदै आएको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालासम्वन्धी रोगबाट जोगिन लुतो फाल्ने प्रचलन स्वरुप यो पर्व मनाउन थालिएको हो ।  प्रचलन अनुसार मछिनो, कागभलायो, कुकुरदाइने, लुतेझार, पानीसरो,कुरिलो, हाँडेउन्यू, आरु आदि औषधि र फलफूलको पुजा गरिन्छ । त्यसको साथमा कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । तर हिजोआज यी सरदामहरु जुटाउन मुस्किल हुने गरेको मनोज अधिकारी बताउँछन् ।

तस्वीरहरु:  सविन कार्की

तस्वीरहरु ः सविन कार्की



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)