Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–३ का किसानले लगाएको काउलीमा अनौठो रोग 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँ तथा घर्तिखोला क्षेत्रमा किसानले लगाएको काउलीमा अनौठो रोग लागेको छ । 

काउली फुल्ने बेला हुँदै गर्दा पात रातो हुने र क्रमशः पात झरेर गुभो मात्र रहने लक्षण देखा पर्ने कृषक लक्ष्मण विष्टले जानकारी दिए । वैशाखदेखि असारसम्म फुल्ने काउलीमा यस्तो रोग नलाग्ने भएपनि साउन भदौमा फुल्ने काउलीमा यस्तो रोग वर्षेनी लाग्ने गरेको विष्टले बताए । 

राेग लागेकाे काउली बाली ।  फोटो सौजन्य: कृषक लक्ष्मण विष्ट

संघीयता कार्यान्वयनसंगै स्थानीय तहमै कृषि विकास शाखा गाभिएपछि किसानको पहुँचमा कृषि प्राविधिक हुनुपर्नेमा नगरपालिकाको केन्द्र रहेकै वडामा प्राविधिक भेट्टाउनै मुस्किल भएको किसानहरुले बताएकाछन् । कृषिका क्षेत्रमा विभिन्न गोष्ठी हुने गरेको भएपनि रोग निदानका लागि पहल हुन नसकेको कृषकहरुको गुनासो छ । पात रातो हुने यस रोगको अनुसन्धान गरी तत्काल निदानको उपाय सुझाउनुपर्ने किसानले माग गरेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०