Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–१० मा खानेपानीका लागि बोरिङ, ८५ मीटर गहिराइबाट पानी निस्क्यो 

मकवानपुर थाहा नगरपालिका वडा नं. १० मा संचालन हुने खानेपानी आयोजनाको लागि जमिन मुनिबाट पानी निकालिएको छ । १७ माघमा मेशिन मार्फत जमिनबाट ८५ मीटर तलबाट पानी निकालिएको १० नम्बर वडा सदस्य रामकृष्ण गमालले जानकारी दिए । थाहा–१० विसिङ्खेलको धाराचौरमा बोरिङ गरिएको वडा सदस्य गमालले बताए ।

आयोजनाको एक समारोहकाबीच १६ माघमा शिलान्यास गरिएको थियो । १० नम्बर वडामा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)ले आयोजना संचालनको लागि सहयोग गरेको छ । ६ सय ८८ धारा निर्माण गर्ने योजना सहित थाहा–१० बृहत्त खानेपानी आयोजना संचालन हुन लागेको सिसिडिएनका कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए । 

खानेपानीका लागि सिसिडिएनले २ करोड ५६ लाख तथा १० नम्बर वडाले १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०