Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाानगरको नागरिक खोजी अभियानमा एकैदिन ४४ परिवारले फारम भरे

form-1586840620.jpg

मकवानपुरको थाहा नगरपालिकाले आफ्नो नागरिकको खोजी अभियानका लागि संचालन गरेको अनलाइन सर्भे सिस्टममा ४४ जनाले फारम भएका छन् ।  एकै दिन उनीहरुले विभिन्न अपेक्षासहित फारम भरेको थाहा नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाईन सर्भे फारम प्रकाशन गरी आफ्ना नागरिकको १ वैशाखबाट खोजी अभियान थालेको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइनमार्फत संकलन थालेको नगर प्रमुख लवशेर विष्टले जाकनारी दिए । 

अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासंग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ । 

फारम भर्ने लिंकः  https://survey.app.do/2831174
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०