Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा १९ गतेदेखि हुने महायज्ञको तयारी तिब्र पारिँदै
सके सातै दिन जाउँ, नसके एक दिन भए पनि पुग्नै पर्ने ठाउँ

mahayagya-1562118108.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका फाँटबजारमा यहि असार १९ गते देखि सुरु हुने श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को तयारी तिब्र पारिएको छ । महायज्ञको पहिलो दिन असार १९ गते बिहान कलस यात्रा गरि औपचारिक कार्यक्रम गरिने छ । पहिलो दिनको उद्घाटन कार्यक्रममा संघिय संसद बिरोध खतिवडाको प्रमुख आतिथ्यता रहने जनाएको छ । मंगलबार यज्ञ स्थलमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजक समितिले सो जानकारी दिएको हो ।

थाहा नगरपालिका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा हुन लागेको महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन गरी यहि २०७६ साल अषाढ २५ गते सम्म सञ्चालन हुनेछ ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मुल समितिले जनाएको छ ।

महायज्ञमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ । 

महायज्ञ प्रत्येक दिन बिहान ५ बजेबाट शुरु भइ साझ ९ः३० बजे सम्म सन्चालन गरिनेछ । महायज्ञमा करिब १ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ ।
नवराज बिष्टको अध्यक्षतामा १०१ सदस्यिय समिति बनाएर कार्य गरिरहेको छ । समितिको महासचिवमा मत्स्यनारायण माद्यामिक विद्यालयका प्रधानाध्यापक बिष्णुहरी ढकाल, कोषाध्यक्ष पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्की रहेका छन । 

सप्ताहमा हरिहर धाम प्रतिष्ठानको तर्फबाट धर्मसंस्कृती अनुसार व्यबहारिक ज्ञानको प्रचार–प्रसार गर्दै आमाबुबालाई बृद्धा आश्रममा राख्ने संस्कार हटाउन अभियान स्वरुप विविध प्रस्तुति र राष्ट्रिय कलाकारहरुको विभिन्न झाँकी प्रदर्शनी गरिने प्रतिष्ठान संयोजक राजु ढकालले बताए ।
मत्स्य नारायण मा.वि.को शैक्षिक स्तर उकास्न र ऐतिहाँसिक महत्व बोकेको पाठिभरा मन्दिरलाई पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको महायज्ञ सफल पार्न सबेले सहयोग गरेमा आयोजनाको लक्ष्य प्राप्त गर्ने बाटो खुल्ने भएकाले महायज्ञमा सके सातै र नसके एम दिन भए पनि सहभागि हुनका लागि आयोजकले आग्रह गरेको छ । महायज्ञमा सहभागिताको लागि आयोजक समितिले साबिक दामन र पालुङ गाउँ विकास समितिका सबै घर–घरमा निमन्त्रणा गरिसकेको छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।