nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा १० उत्कृष्ट कृषकहरुलाई दुधक्यान बितरण

34509885_2065656450321517-1528281071.jpg

मकवानपुरको थाहा नगरपालिकामा दुग्ध गाई/भैँसी पालक उत्कृष्ठ १० किसानलाई दुध क्यान बितरण गरिएको छ । थाहा नगरपालिकामा पशुपालनको कार्यमा सक्रिय भै थाहा नगरपालिकालाई दुधमा आत्मनिर्भरताको लागि प्रयासरत किसानहरु मध्ये १० किसानलाई पशु कार्यलयको नेतृत्वमा थाहा नगरपालिकाले दुध क्यान बितरण गरेको हो । यो बर्ष कृषि र पशुको क्षेत्रमा नगरसाभाबाट नै छुट्टिएको बजेट मार्फत थाहा नगरपालिकाले मंगलबार कृषकहरुलाई दुधक्यान बितरण गरेको हो ।

कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका कार्यकारी अधिकृत पुरीले थाहा नगरका दमन पालुङका अधिकाशं किसानहरु पशुपालन छाडेर कृषिबाली तर्फ उन्मुख भएको प्रति गुनासो ब्यक्त गर्दै थाहा नगरपालिकाले थाहाको बिबिध क्षेत्रलाई पकेटको रुपमा बिकास गर्दै लैजाने बताए । थाहामा भएका गाई÷भैँसी पालक किसानहरु निर्वाहमुखी मात्र भएको कारणले नगरले थाहाका बिबिन्न स्थानहरुलाई पकेट क्षेत्रको रुपमा बिकास गरि ब्यवसायमुखी पशुपालन गर्ने वातावरण सिर्जना गर्ने र फर्मको रुपमा बिकास गरि दुध लिन घरघरमा पुग्ने गरि कार्यक्रम लक्षित गर्ने उनले बताए । यो बर्षको पशु र कृषिको बजेट सशर्त अनुदान भित्र हालेको हुनाले ती बाहेक अन्य क्षेत्रमा कृषि र पशुको बजेट लगानी गर्न नपाइने बताए । उनले गाई÷भैसी पालक कृषकहरुलाई अनदान दिएर भए पनि ब्यवसायिकिकरणमा जान र बजारीकरणमा जाने वातावरणको बिकास गर्ने नगरको योजना रहेको अधिकृतले बताए । उनले १० उत्कृष्ट पशुपालक कृषकमा छनौट भएका सम्पुर्णलाई बधाई तथा शुभकामना ब्यक्त गरे भने ५ बर्षको लागि रणनीतिक योजना बनाएर अघि बढने योजनाका समेत अधिकृतले ब्यक्त गरे ।

पशुपालक किसानहरुले आफ्ना समस्याहरु ब्यक्त गर्दै बजारमा दुधको मुल्य नै नरहेको प्रति गुनासो ब्यक्त गरेका थिए । थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीको सभाध्यक्षतामा भएको बितरण कार्यक्रममा थाहा नगरपालिकाका बिभिन्न स्थनहरुमा रहि गाइ÷भैँसी पालक कृषकहरु मध्ये उत्कृष्ट १० मा परेका किसानहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।