Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा सरसफाइ अभियानले तिब्रता पाउँदै

पर्यटकिय सम्भावनाहरु बोकेको थाहालाई सफा बनाउने लक्ष्य अनुरुप थाहाको विभिन्न स्थानहरुमा सरसफाइ सम्वन्धि क्रियाकलापहरु सञ्चालन भैरहेका छन् । नयाँ वर्ष २०७५ सँगै थाहाको सरसफाइ अभियानले तिब्रता लिन थालेको हो । सोही अनुरुप नै शुक्रवार थाहा नगरपालिकाको वडा नं २ पालुङ र फाँट बजारमा सरसफाइ थालिएको छ ।
थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यतामा फाँटबजारको बजार क्षेत्रमा सरसफाई गरिएको हो । झट्ट हेर्दा सफा देखिने फाँटबजारको मुख्य सडकले मानिसको मानसिकतालाई नै सरसफाइमा अग्र स्थानमा रहेको आभास दिलाए पनि बजार वरिपरीको वातावरण, खोलानाला र खाली जमिनहरुमा भने फोहोरको थुप्रो देखिन्थ्यो । सोही विषयलाई ध्यानाकर्षण गराउँदै थाहा नगरपालिकाका नगर प्रमुख विष्टले नदी नालाहरुमा फोहोर फाल्नेलाई मुद्दा हाल्ने बताए । शिक्षाको स्तर बढेपनि जनमानसमा चेतनाको स्तर नबढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले अव नागरिक समक्ष कडा रुपमा प्रस्तुत हुने बताए ।
यस्तै थाहा नगरपालिका वडा नं २ को पालुङमा पनि केदार बिडारीको अध्यक्षतामा ७ सदस्यीय बजार व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले पाण्डुकेश्वर मन्दिर देखि फुलपाटी छेउ सम्म मुख्य बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।