Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा मेयरद्धारा बोलबम यात्रा उद्घाटन (फोटो फिचर सहित)

20180812_171246-1534074862.jpg

धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने श्रावण महिनाको अन्तिम सोमबारको बोलबम यात्राको उद्घाटन आज आइतवार थाहा नगरमा भएको छ । बोलबम काँवरिया संघ थाहा नगरको आयोजनामा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टले आइतवार बोलबम यात्राको उत्घाटन गरेका हुन् । श्रावण महिनाको महिमा बढाउने महत्वपूर्ण बोलबम यात्रामा थाहा नगरपालिकामा बसोवास गदै आइरहेका तराइवासीहरु तथा मधेसका श्रद्धालु भक्तजनहरुले उत्साहका साथ सहभागिता लिइ बोलबम यात्रा सुरु गरेका छन् । श्रावण महिनाको हरेक सोमबार कलश यात्रा गर्ने गरिए पनि श्रावण महिनाको अन्तिम सोमवार विशेष महत्वका साथ बोलबम काँवरिया संघ थाहा नगरले बोलबम यात्रा सञ्चालन गर्ने गरेको छ । बोलबम यात्रा २०७५ मा भाग लिऔँ, पूण्य कमाऔँ भन्ने नाराको साथमा यहि साउन २७ र २८ गतेका लागि बोलबमको कार्यक्रम तय गरिएको छ । बि.स. २०६८ सालमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा स्थापना भएको बोलबम काँवरिया संघले श्रावन महिनाको धार्मिक महत्वलाई प्रथमिकता दिँदै सो कार्यक्रम तय गरेको हो । संघका अनुसार श्रावन २८ गते सोमबार विहान ६ बजे त्रिवेणी धामबाट जल भरी पाण्डुकेश्वर महादेवलाई जल चढाई ऋषेश्वर मन्दिरसम्म पैदल यात्रा गरी जल चढाउने कार्यक्रम रहेको छ ।

 

फोटोः जनक तामाङ



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।