nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा मल आन्दोलन : मेयर विष्टले भने माग जायज

IMG_20221201_201015-1669904873.jpg

नेपालकै चर्चित बेमौसमी तरकारी जोनको रुपमा परिचित उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् । आलु खेतिको लागि देशमानै प्रख्यात थाहाका किसान आलु लगाउने सिजन सुरु हुनै लाग्दासमेत मल नपाईएपछि आन्दोलित भएका हुन् ।

आन्दोलित किसानहरुले थाहा नगरपालिकाको घेराउ गर्नुको साथै नगरप्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाए । थाहाको किसानको हक हितको लागि भन्दै थाहा नगरपालिकाका किसान आन्दोलन संघर्ष समितिनै निर्माण गरेर उनिहरुले थाहा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

आधुनिक कृषि प्रणाली र व्यवसायी रुपमा किसान आत्मनिर्भर हुनुपर्ने अवस्थामा उन्नत जातको बीउ, मल र बजार व्यवस्थापन जस्ता सामान्य कुरामा समेत राज्य संवेदनशील हुन नसक्दा मुलुक भरका किसान मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

राज्य किसानप्रति जवाफदेही नहुँदा सरकारबाट निश्चित मुल्य निर्धारण गरिएका युरिया, डिएपि जस्ता मलहरू तेब्बर मुल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरुले आरोप लगाएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘मकवानपुरको उत्तरी क्षेत्रमा माघ महिनाको पहिलो हप्तादेखि आलु लगाउनुपर्ने सिजन प्रारम्भ हुन्छ । आलुको लागि प्रति किसान ६ बोरादेखि १५ बोरासम्म मल आवश्यक पर्छ । समानुपातिक मल वितरणको नियमले प्रतिकिसान १० किलो मल मात्रै प्राप्त हुन्छ । जुन आलु बालीको लागि प्रयाप्त होइन ।’

मल आएपछि त्यसको बाडफाँड आवश्यकता र ओैचित्यको आधारमा गर्नुपर्ने उनीहरुको माग छ । किसानको समस्यालाई मध्यनजर गरी थाहा नगरपालिकाले आम किसानको हकहितको निमित्त काम गरोस् भन्दै संघर्ष समितिको संयोजक लक्ष्मण बर्तौलाले उक्त ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख बिष्णुबहादुर बिष्टलाई ज्ञापनपत्र बुझाएको हो ।

बर्तौलाको नेतृत्वमा थाहा नगरपालिका वडा नम्बर ३ बाट प्रारम्भ भएको आन्दोलनमा आसपासका जनसमुदायको व्यापक उपस्थिति रहेको थियो । आन्दोलनलाई सम्बोधन गर्दै लक्ष्मण बर्तौलाले भने ‘यो आरम्भ हो अन्त्य होइन , किसानको माग र मुद्दालाई सम्बन्धित निकायले संवेदनशील ढंगले नहेरी बेवास्ता गरे आन्दोलन थप चर्कने र देशव्यापीरूपमा थप अन्य कार्यक्रम घोषणा गरिने छ ।’

किसानहरूको माग जाहेज रहेको र सो अभियानमा नगरपालिकाको समेत ऐक्यबद्धता रहेको कुरा मेयर बिष्णुबहादुर बिष्टले बताए । उनले आफु मल आपुर्ती र ब्यवस्थापनको लागि गम्भिर भएर लागिपरेको विष्टको भनाई छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)