Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा बोलबम यात्रा हुने

बोलबम काँवरिया संघ थाहा नगरले बोलबम यात्रा गर्ने भएको छ । बोलबम यात्रा २०७५ मा भाग लिऔँ, पूण्य कमाऔँ भन्ने नाराको साथमा यहि साउन २७ र २८ गतेका लागि बोलबमको कार्यक्रम तय गरेका छन् । बि.स. २०६८ सालमा उत्तरी मकवानपुरको थाहा नगरपालिकामा स्थापना भएको बोलबम काँवरिया संघले श्रावन महिनाको धार्मिक महत्वलाई प्रथमिकता दिँदै सो कार्यक्रम तय गरेको हो । संघका अनुसार श्रावन २७ गते दिउँसो ३ बजे शिखरकोटमा जम्माभइ सबै बोलबम काँवरियाहरु ज्ेसिज भवनसम्म पैदल यात्रामा सहभागी हुने र श्रावन २८ गते सोमबार विहान ६ बजे त्रिवेणी धामबाट जल भरी पाण्डुकेश्वर महादेवलाई जल चढाई ऋषेश्वर मन्दिरसम्म पैदल यात्रा गरी जल चढाउने कार्यक्रम तय गरेका छन् ।
बोलबम काँवेरिया संघले उत्तरी मकवानपुरको थाहा नगरमा स्थापनाकाल देखि नै विभिन्न कार्यक्रमहरु गर्दै बोलबम यात्रा सञ्चालन गर्दै आइरहेको छ ।

तस्बिरः–गुगल



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।