nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा बिद्यमानः– “समान काम, असमान ज्याला”

w640-1527744267.jpg

नारी पुरुष बराबरी हो भन्ने चेतनाको स्तर केही मात्रामा बढेको जस्तो देखिए पनि यो देखावती मात्र हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । कार्यक्रमहरुमा लगाइने भाषण सुन्दा अब महिलाहरु पछि पर्नु पर्दैन भन्ने झिनो आशा पलाउँछ महिलाहरुमा तर त्यो आशा कार्यक्रम अवधिभरीको लागि मात्र सिमित भै दिन्छ । नियमित रुपमा आफ्नो जिवनलाई चुलो र चौकोमा मात्र सिमित गरिरहेका महिलाहरु बिबिध कारण र साहसका साथ बाहिरी काममा जाँदा समेत असमान ब्यवहार भोग्न बाध्य भएका छन ।
थाहा नगरपालिका बिबिध बिषय र क्षेत्रमा बिकासित नगरपालिका भए पनि चेतनाको स्तरको संकुचित पनाको कारण यहाँ ज्यालामा असमानता रहेको छ । दिनभर होस या बिहानको समय जेसुकै काम गर्दापनि महिला र पुरुषले उत्तिकै रुपमा श्रम गरेको हुन्छ । श्रममा बिभेद हुदैन न त महिला कमजोर हुन्छिन भनि श्रममा आराम नै मिल्छ । तर पारिश्रमिक अर्थात ज्याला दिने बेलामा बिभेद भएको देखिन्छ र सानो मन बनाउन महिलाहरु बाध्य हुन्छिन ।
दिनभरको थकान र घरब्यवहारको चिन्ता हुँदा हुँदै पनि खेतीपाती र मजदुरीमा आफुले गरेको श्रमको मुल्याङ्कण अन्यको तुलनामा न्युनमात्रामा गरिँदा महिलाहरुमा भएको पीडाको मापन पक्कै पनि असम्भब हुन्छ । लेबरकै तह होस या मिस्त्री समान काम र परिश्रममा महिला र पुरुषमा दिइने ज्याला फरक हुन्छ । मिस्त्री काममा पुरुषले हजार देखि १५ सय पाउँदा महिलाले ८ सय देखि ९ सय मात्र पाउँछिन भने लेबरमा पुरुषलाई ९ सय दिँदा महिलाले ६ देखि ७ सय रुपैँया मात्र प्राप्त गर्छिन । महिला र पुरुषको ज्यालामा देखिएको यो भिन्नताले गर्दा आत्मबल घटेको महिला मजदुर तथा श्रमिकहरुले गुनासो गरेका छन् ।
मजदुरीको काममा मात्र नर्भइ कृषि मजदुरहरुमा समेत यो समस्या भएको सुनाउँदै थाहा नगरपालिका ४ निवासी महिला भावना कार्की भन्छिन्–“अहिले आलुको सिजन छ, आलु खन्नमा पुरुषलाई ५ सय दिने गरेको छ भने महिलालाई भने ४ सय मात्र दिने गरेको छ, दिनभर उत्तिकै काम गरे पनि अझ आलु बोक्ने काममा महिलाले नै अघि सर्नु पर्छ पुरुषहरु पन्छिन्छन् ।”
थाहामा देखिएको यो बिभेदले महिलाहरुको श्रमलाई अपमान गरेको बताउँदै थाहा ४ निवासी सरु तामाङ भन्छिन्– “आफु लेबर तथा अन्य मजदुरीमा जाँदा कहिल्यै समान ज्याला पाइन्, दुख र मेहनत भने पुरुषहरुको तुलनामा महिलाहरुले नै धेरै काम गर्नु पर्छ ।”
अर्की महिला नानुपन्त भन्छिन्–“ज्याला असमानता हटाउन हामीले नै आफ्नै खेती तथा ज्यालाको काममा अएका महिला तथा पुरुष मजदुरहरुमा समान ज्याला दिने गरेमा बिस्तारै न्युनिकरण गर्न सकिएला तर महिलाहरुको श्रमलाई निक्कै नै न्युन मात्रामा मुल्याङ्कण गरिने हुनाले यो सहज भने छैन तर काम हेर्ने हो भने महिलाले पुरुष भन्दा दोब्बर नै परिश्रम गरेको हुन्छ ।”
ठेकेदारको जिम्मेवारी समेत सम्हालेका थाहा ४ निवासी सबिन लामाले भने आफुले सबै मजदुरहरुलाई समान ज्याला दिने गरेको ज्वलन्त उदाहरणको रुपमा सुनाए । आफुले काममा लगाएको महिला र पुरुष दुबैलाई समान ज्याला दिने गरेको छु उनले भने श्रम दुबैले समान गर्छ भने ज्यालामा असमानता किन गर्नु ?

थाहा नगरमा भएको समान कामको असमान ज्यालाको बिषयमा थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्ट भने अफुलाई ज्यालामा असमानता छ भन्ने कुरा जानकारी नै नभएको बताउँछन् । अदृश्य रुपमा ज्यालामा असमानता छ भने पनि असमान ज्याला भएमा सर्वप्रथम महिलाले नै अस्विकार गर्ने र बिरोध गर्ने गर्नुपर्छ, असमान ज्याला दिने ठाउमा काम गर्नै नजाने गर्नुपर्छ उनले भने । समाजमा भएको यस्तो समस्याको लागी खास कार्यक्रमले मात्र नहुने भए पनि कस्तो कार्यक्रम गर्दा उपयोगी हुन्छ भन्ने बिषयमा छलफल गरेर अघि बढ्ने उनले औल्याए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg