nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा जेठ १८ गते अपाङ्गता परिचयपत्र वितरण हुने
जेठ १८ गते शुक्रबार

icon-1332792_960_720-1527762545.png

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जेठ १८ गते अर्थात शुक्रबार अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम हुने भएको छ । नगरपालिकाको आयोजना तथा जिल्ला अपाङ्ग सरोकार केन्द्र मकवानपुरको समन्वयमा कार्यक्रम हुन लागेको हो । थाहा नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम अनुसार नगर क्षेत्रमा रहेको अपाङ्गहरुका लागि परिचयपत्र वितरण गर्ने शिविरवाट अपाङ्ग भई नेपाल सरकारबाट प्राप्त हुने अपाङ्ग परिचयपत्र प्राप्त गर्नबाट बञ्चित भएका व्यक्तिहरुले परिचय पत्र वितरण परिचयपत्र लिन सकिने नगरपालिकाले जनाएको छ । शिविर शुक्रबार विहान १० बजेबाट ५ बजेसम्म थाहा नगरपालिका शिखरकोट विकास घरमा हुने भएको हो ।


शिविरमा आउँदा अपाङ्गता भएको व्यक्तिले जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको तीन वटा फोटो, सम्बन्धीत वडा कार्यालयको सिफारिस र दरखास्त फारम वडा कार्यालयमा भरी लिएर आउनुपर्ने नगरले जनाएको छ ।  
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।