nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा ग्रामिण स्वास्थ्य सुधारको लागि आधारभूत अनुसन्धान हुने 

    उत्तरी मकवानपुरको थाहा नगरपालिकामा ग्रामिण स्वास्थ्य सुधारको लागि आधारभूत अनुसन्धान विषयक अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ । आईतवार सुस्वास्थ्य नेपालको आयोजनामा थाहा नगरपालिकाको आफ्नै भवनमा कार्यक्रम भएको हो । थाहा नगरपालिका साबिकको वडा नं. ११,१२,१३,१४ र १५ (हालको वडा नं. १,५ र ६)  मा ग्रामिण स्वस्थ्य सुधारको लागि आधारभूत अनुसन्धान हुने भएको छ । अन्तरक्रियामा जानकारी दिनै सुस्वास्थ्य नेपालका अध्यक्ष छिरिङ शेर्पाले आधारभूत अनुसन्धानको लागि सबै क्षेत्रबाट स्वीकृति प्राप्त भईसकेको र तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार उक्त आधारभूत अनुसन्धानले नसर्ने रोगहरु मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली सम्बन्धी रोग र श्वासप्रश्वास सम्बन्धि रोगहरुको बारेमा अनुसन्धान गर्नेछ । अनुसन्धानले भविष्यको योजनाको आधार पत्ता लगाउन, नसर्ने रोगहरुको बारेमा योजना बनाउन, जीवनशैली परिवर्तन गर्न मद्दत गर्ने जनाएको छ । 


    सुस्वास्थ्य नेपालले थाहा नगरपालिकाको बज्रबाराहीमा बज्रबाराही स्वस्थ्य चौकी र टिष्टुङको टिष्टुङ स्वास्थ्य चौकीबाट अकुपंचरको सुवा प्रदान गर्दै आएको छ । साथै सुस्वास्थ्य नेपालको मातहतमा रहेर पूर्ण छात्रबृत्तिमा मकवानपुरका ४ जना डाक्टर पढिरहेको र उनीहरुरुले पछि ग्रामिण क्षेत्रमा नै आएर सेवा सुविधा प्रदान गर्ने अध्यक्ष शेर्पाले बताए । 


अन्तरक्रियामा बोल्दै थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्टले जनताको स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ भने किन सहकार्य नगर्ने भन्दै थाहा नगरपालिका सदैब हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । थाहा नगरपालिकाका वडा अध्यक्ष, विभिन्न संघ संस्थाका पदाधीकारी, पत्रकार लगायतको उपस्थिती रहेको अन्तरक्रियामा अकुपंचर रिलिफ प्रोजेक्टका निर्देशक एनड्रयू स्लाबच र अनुसन्धान निर्देशक रेनुका सुवालले सहजीकरण गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।