Sunday, 6th September, 2026
वि.स.

थाहामा गाभ्न माग गर्दै जिविसमा डेलिगेसन

स्थानीय तह पुनःसंरचनामा मकवानपुरको नामटार गाविसको वडा नम्बर १ र ३ थाहा नगरपालिकामा गाभिनुपर्ने माग गर्दै जिल्ला विकास समिति मकवानपुरमा स्थानीयहरु डेलिगेशन गएका छन् ।

स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समिति मकवानपुरले नामटार गाविसलाई कैलाश गाउँपालिकामा गाभ्ने प्रस्ताव गरेपछि २२ कात्तिकमा उनीहरु जिल्ला विकास समिति मकवानपुरमा डेलिगेशन गएका हुन् । उनीहरुले आफ्नो माग जिल्ला प्राविधिक सहयोग समितिका संयोजक किसन न्यौपानेलाई भेटेर थाहामा गाभ्न माग गरेका छन् । स्थानीय वडाबासीको भेला गरेर निर्णय गरी नामटारको दुई वडाका स्थानीयहरु सदरमुकाम पुगेका हुन् । 

आफ्नो वडालाई कैलाश गाउँपालिकामा प्रस्ताव गरेको बताउँदै भौगोलिक रुपले टाढा पर्ने भएकोले थाहामा गाभ्नु उपयुक्त हुने नामटार ३ का भरत लामाले बताए । डेलिगेशन टोलीका एक सदस्य तथा नामटार गाविसमा पूर्व अध्यक्ष समेत रहेका कृष्ण बहादुर बम्जनले भने–‘हामी बरु हेटौंडा झछौं, कैलाश जाँदै जाँदैनौ ।’ उनले थपे–‘तीन घण्टामा हेटौंडा आवत जावत गर्न सकिन्छ तर कैलाश पुग्न दिन बित्छ यसले गर्दा पनि हामी कैलाशमा समावेश हुँदैनौ ।’ 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif