Friday, 9th June, 2023
वि.स.

थाहामा खेर गइरहेको सिस्नुको सदुपयोग गर्दै, पाउडर बनाउँदै

IMG-20220607-WA0001-(1)-1654603323.jpg

थाहा नगरपालिकामा त्यत्तिकै खेर गइरहेको सिस्नुको पात टिपेर स्थानीयले पाउडर बनाउन थालेका छन् । थाहा नगरपालिकाको आयोजनामा  गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम(मेड्पा) ले ७ दिने तालिम दिएपछि उनीहरुले सिस्नुको पाउडर बनाउन थालेका हुन् ।

थाहा नगरपालिका वडा नम्बर १२ जगडाँडामा ८ पुरुष र १ महिला गरी ९ जनालाई मेड्पाले तालिम दिएको हो । सिस्नु र अल्लो प्रशोधनमा लामो समय काम गरेका काठमाडौँका खड्कसिंह बोगटीले उनीहरुलाई तालिम दिएका हुन् ।

तालिम लिएपछि गाउँमै यत्रतत्र पाइने सिस्नुको सदुपयोग गरेर पाउडर बनाउने र विक्री गरी आम्दानी गर्ने कुरामा आफूहरु ढुक्क रहेको तालिममा सहभागी अशोक घलानले बताए ।

अहिले मिक्सचरबाट पाउडर बनाउन सिकाइएको भए पनि छिट्टै पाउडर बनाउने यन्त्र उपलब्ध गराइने मेड्पाका लघुउद्यम सहजकर्ता सुनिता बुढाले जानकरी दिइन् । उनीहरुले उत्पादन गरेको सिस्नुको पाउडरको बजारीकरणमा पनि सहयोग गर्ने अर्का सहजकर्ता दिक्षा पाण्डेको भनाइ रहेको छ । 

सिस्नुको पाउडर बनाउन कृषकहरुले जगडाँडा लघुउद्यमी समूह पनि गठन गरेका छन् । 









condom-1646546287.jpg