Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा खाद्य स्वच्छता सम्बन्धि कार्यक्रम सम्पन्न

    उत्तरी मकवानपुरको थाहा नगरपालिकामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता भेला तथा प्रचार कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा १९ कात्तिकमा थाहाको एभरेस्ट पानारोमा रिसोर्टमा कार्यक्रम भएको हो । कार्यक्रममा खाद्य स्वच्छता के हो? कति मात्रामा खाद्य स्वच्छ हुनु आवश्यक छ? अस्वस्थ कृषि अभ्यास, स्थानीय खाद्य स्वच्छता समूहको कार्य खाद्य स्वच्छता र स्तर बर्गीकरण लगायतको विषयमा सहजीकरण गराईएको थियो । 
    थाहा नगरपालिकाका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका खाद्य अधिकृत आकाश काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको हो । 
    कार्यक्रमका प्रमुख अतिथि तथा संयोजक गोपालीले पर्यटन क्षेत्रको विकासमा होटल व्यवसायीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै खाद्य स्वच्छतामा ध्यान दिन र पर्यटकलाई मान सम्मान गर्न आग्रह गरे । अरु देशले स्थानीय स्तरमा भएको श्रोत साधनलाई प्रयोग गरी विकास गरेकोले अब थाहाको विकासमा पनि स्थानीय स्तरमा रहेको हावापानीलाई प्रयोग गर्नुपर्नेमा जोड दिए । 
    थाहा नगरका होटल रेष्टुरेन्ट व्यवसायी, उद्योगी, किराना पसल व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रममा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्राविधिक सहायक शुशिल कोईराला र खाद्य निरिक्षक खगन्द्र खतिवडाले सहजीकरण गरेका थिए । कार्यक्रमकै अवसरमा शिबकुमार खत्रीको संयोजकत्वमा ७ सदस्यीय स्थानीय खाद्य स्वच्छता समूह गठन गरेको छ । समूहले थाहा नगरमा होटलको अनुगमन गरी स्तरीकरण स्टीकर वितरण गर्ने जनाएको छ । अति उत्तम, उत्तम, मध्यम र सन्तोषजनक गरी ४ किसिमको स्टीकर लगाईने जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)