nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा कोरोना : २०७८ सालको हालसम्म ७८ दिनमा २०७८ जनामा परीक्षण, जेठमा भन्दा असारमा सङ्क्रमण दर बढी
तथ्याङ्कले थाहामा कोरोना स्थानीय सरकारको नियन्त्रण बाहिर जानसक्ने देखाएको छ

thaha-update-corona-thaha-1626073030.jpg
  • कुमार नेगी

थाहा नगरपालिकामा कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत २०७८ सालको हालसम्म २०७८ जनामा कोरोना परीक्षण गरिएको छ । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत १२ बैशाखदेखि २७ असारसम्मको ७८ दिनको अवधिमा २०७८ जनामा परीक्षण गरिएको तथ्याङ्क छ । 

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क विश्लेषण गर्दा  बैशाखमा ३५८ जनामा कोरोना भए/नभएको परीक्षण गरिएको थियो । त्यसैगरी जेठ महिनामा १२१८ जना र असारको २७ दिनको अवधिमा ५०२ जनामा परीक्षण गरिएको देखिएको छ । परीक्षणमध्ये बैशाखमा १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने जेठमा ५३५ जनामा पोजिटिभ देखिएको छ ।  त्यसैगरी असारको हालसम्मको अवधिमा  २४९ जनामा कोरोना देखिएको छ । 

तथ्याङ्कको समग्र विश्लेषण गर्दा थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै देखिएको छ । बैशाख र जेठको तुलनामा असारको यो अवधिसम्म सङ्क्रमण दर नघट्नु नै मुख्य चुनौति देखिएको छ ।

परीक्षण गरिएकामध्ये सङ्क्रमण दरको विश्लेषण गर्दा बैशाखमा ५१ प्रतिशत सङ्क्रमण दर रहेको थियो ।  जेठ महिनामा ४४ प्रतिशतलाई कोरोना देखिएको थियो । त्यसैगरी असारको हालसम्म परीक्षण गरिएकोमध्ये ५० प्रतिशतमा कोरोना देखिएको छ । यसरी कोरोना सङ्क्रमण दरको मासिक तुलना गर्दा समग्रमा थाहा नगरमा कोरोनाको जोखिम घटेको देखिएको छैन, बरु जेठको तुलनामा सङ्क्रमण दर बढेको देखिएको छ । 

थाहा नगरपालिकामा हालसम्म २०७८ जनामा परीक्षण गरिएकोमा ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिशतमा हेर्दा परीक्षण गरिएकामध्ये ४७ प्रतिशतमा कोरोना देखिएको छ । 

तथ्याङ्कको शुक्ष्म विश्लेषण गर्दा थाहामा दैनिक १२ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको देखिएको छ । थाहामा दैनिक १२ जनामा सङ्क्रमण देखिँदा औसतमा दैनिक ९ जना निको भएको देखिएको छ । हालसम्म नगरपालिकामा कोरोना सङ्क्रमितमध्ये ७१८ जना निको भएका छन्  भने १२ जनाको मृत्यु भएको  प्रतिवेदनले देखाएको छ । 

थाहामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २७ असारको दिनसम्म २३८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यसलाई पुष्टि भएकामध्ये सक्रिय सङ्क्रमितको दर हेर्दा २५ प्रतिशत हुन आउँछ । समग्रमा थाहामा कूल परीक्षणमध्ये आधामा कोरोना देखिएको, त्यसमध्ये ७५ प्रतिशत निको भएको र २५ प्रतिशत अझै उपचारारत रहेको देखिन्छ । 

थाहा नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या भने सङ्क्रमण दरको तुलनामा निकै कम पाइएको छ । थाहामा कूल ९६८ मा सङ्क्रमण देखिएकोमा हालसम्म १२ जनाको मृत्यु भएको तथ्याङ्क छ । यसरी मृत्युदर १.२४ प्रतिशत रहेको देखिएको छ । 

तथ्याङ्कको समग्र विश्लेषण गर्दा थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै देखिएको छ । बैशाख र जेठको तुलनामा असारको यो अवधिसम्म सङ्क्रमण दर नघट्नु नै मुख्य चुनौति देखिएको छ । अझ जेठको तुलनामा असारमा कोरोना सङ्क्रमण दर बढी देखिएको छ । अहिले निषेधाज्ञा खुकुलो भई ‘नाम मात्र’को भइरहेको बेला थाहा नगरमा भोलिका दिनमा कोरोना सङ्क्रमणले भयावह स्थिति उत्पन्न हुने देखिन्छ । तथ्याङ्कले थाहामा कोरोना स्थानीय सरकारको नियन्त्रण बाहिर जानसक्ने देखिएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)