nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा कोरोना सङ्क्रमणदर : बैशाखमा ५१ प्रतिशत, जेठमा ४४ प्रतिशत, असारमा ३७ प्रतिशत

104448813_191110792264781-1626513061.png

थाहा नगरपालिकामा कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत गत तीन महिनामा कोरोना सङ्क्रमणदर क्रमशः घट्दै गएको देखिएको छ । नगरपालिकाले सार्वजनिक गर्ने दैनिक प्रतिवेदनको आधारमा तथ्याङ्क विश्लेषण गर्दा गत बैशाखमा कोरोना सङ्क्रमण दर ५१ प्रतिशत रहेकोमा जेठमा केही कमी आई ४४ प्रतिशतमा झरेको देखिएको छ । त्यसैगरी असार महिनामा अघिल्लो महिनाको तुलनामा ५ प्रतिशतले कमी आएको छ । असार महिनामा परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

गत १२ बैशाखदेखि ३१ असारसम्म कूल २७३२ जनामा कोरोना परीक्षण गरिएको छ ।  नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा बैशाखमा ३५८ जनामा कोरोना भए÷नभएको परीक्षण गरिएको थियो । त्यसैगरी जेठ महिनामा १२१८ जना र असार महिनामा ११५६ जनामा परीक्षण गरिएको देखिएको छ । परीक्षणमध्ये बैशाखमा १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने जेठमा ५३५ जनामा पोजिटिभ देखिएको छ ।  त्यसैगरी असारमा  ४६५ जनामा कोरोना देखिएको छ । 

तथ्याङ्कको समग्र विश्लेषण गर्दा थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै देखिएको छ । बैशाख र जेठको तुलनामा असारमा पनि सङ्क्रमण दर उल्लेख्य मात्रामा नघट्नु नै मुख्य चुनौति देखिएको छ ।

थाहा नगरपालिकामा असारसम्म २७३२ जनामा परीक्षण गरिएकोमा १००० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिशतमा हेर्दा परीक्षण गरिएकामध्ये ३७ प्रतिशतमा कोरोना देखिएको छ । 

यो पनि पढ्नुहोस् :

थाहामा साउनकाे पहिलाे दिनमै ७५ प्रतिशतमा काेराेना, ९ जना सङ्क्रमित थपिए



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)