Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

किन भएन बजार अनुगमन ? दशै बित्यो तिहारमा के होला ?

Khadga-1540201783.jpg

नेपालीहरुको महान पर्व विजया दशमी त सकियो । दशैका लागि स्थानीय उपभोक्ताहरुले किनमेल गरे, दशै मनाए । सामान्य समयमा भन्दा चाडबाडमा बजारमा किनमेल त हुन्छ नै त्यसमा पनि दशैको बेलामा अझ बढि हुने भैहाल्छ । मुख्य गरी मकवानपुर थाहानगरको शिखरकोट, थानाबजार, ओखरबजार, दामन, आग्राको डाँडाबास, टिष्टुङको नौखण्डे, बज्रवाराहीको सरस्वती बजार, चित्लाङको विसिंखेल, नौखण्डे, माझगाउँ, पालुङको पालुङ शहर, फाँटबजार क्षेत्रका बजारमा बढि उपभोक्ताको चाप हुने गर्दछ । अब अर्को ठूलो पर्व तिहार आउँदैछ । 

नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । उपभोक्ताको हितमा काम गर्ने अधिकार पनि स्थानीय तहलाई छ । संविधानले दिएको अधिकारलाई प्रयोग गरेर धेरै स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका आ–आफ्नो गाउँ÷नगरसभाबाट पास गरेका छन्, कार्यान्वयनमा ल्याएका छन् । निर्देशिका अनुसार स्थानीय तहलाई बजार अनुगमन र नियमनको अधिकार दिइएको छ । तर थाहा नगरपालिकामा कार्यविधि पास भएदेखि नगरको मात्र सक्रियतामा बजार अनुमन एक पटिक पनि भएको छैन । त्यसोतः कार्यविधि पारित भएको चार महिना पुग्न लाग्दा समेत कार्यविधि अनुसारको समितिले नै पूर्णता नपाएको थाहा नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक खड्ग गोपालीले बताए । उनले भने–‘समितिले पूर्णता नपाएकै कारण अनुगमन भ्याइएन, तैपनि थाहानगर उद्योग वाणिज्य संघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गरिरहेको छ ।"

चाडवाडको समयमा पनि बजार अनुगमन गर्ने संयन्त्र थाहानगरमा क्रियाशील छैन । व्यवशायीहरुको छाता संघ थाहानगर उद्योग वाणिज्य संघले पनि थाहा नगरपालिकाले बजार अनुगमनको संयन्त्र बनाउन कार्यविधि नै पारित गरिसकेकोले यो कार्यलाई प्राथमिकतामा राखेको छैन । बजार अनुमगन गर्ने कार्य नगरपालिकाको भएको थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले प्रतिक्रिया दिए । यद्यपी नगरपालिकाले पास गरेको उक्त बजार अनुगमन कार्यविधिमा समितिमा उद्योग वाणिज्य संघको प्रतिनीधि पनि सदस्य हुने व्यवस्था छ । समितिमा जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयको प्रतिनीधि, खाद्य गुणस्तर हेर्ने नगरपालिकाको विषयगत शाखा प्रमुख, नगरपालिकाको आर्थिक विकास समिति संयोजक समेत सदस्य रहने व्यवस्था छ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।