Bhumi11-1619166617.jpg
Friday, 7th May, 2021
वि.स.

थाहामा उपभोक्ता हित संरक्षण सम्बन्धि सचेतनात्मक अन्तरक्रिया सम्पन्न

20180623_122914-1529814814.jpg

मकवानपुर थाहा नगरमा उपभोक्ता हित सम्बनिध एक दिने सचेतनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशाशन कार्यालय मकवानपुरको आयोजनामा अन्तरक्रिया भएको हो । थाहा नगरमा उपभोक्ताको अवस्था, बजारको अवस्था तथा व्यवसायीको अवस्थाको विषयमा र उपाभोक्त हित कसरी हुन्छ? भन्ने विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । थाहा नगरपालिकाका उप्र प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढाको सभाध्यक्षतामा अन्तरक्रिया भएको हो । 


कार्यक्रमका अतिथि तथा उप प्रमुख गोपालीले अन्तरक्रियाबाट सिकेको कुरालाई व्यहारमा उतार्न आग्रह गरे । साथै उनले थाहा नगरमा उपभोक्त शिक्षाको कमी भएको बताए । अनले भने– थाहा नगरमा स्वच्छ बजारको लागि अब¬ बन्ने समितिले विशेष पहल गर्नेछ । 
    कार्यक्रमका सभाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढाले गुनासो गर्नु भन्दा पनि सचेत हुनु पर्ने कुरामा जोड दिए । सबैले आ–आफ्नो क्षेत्रबाट पहल कदमी गर्न सकेमा थाहा नगरमा स्वच्छ तथा व्यवस्थित बजार निर्माण गर्न सकिने उनको भनाई थियो । उनले भने– मापदण्ड विपरित काम गर्दै आएकालाई कारबाही गरेका छांै, थाहा नगरमा उपाभोक्त हितको लागि जिल्ला प्रशासनबाट जस्तो सुकै सहयोग हुनेछ । 


अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख राजकुमार रिजाल, घरेलु तथा साना उद्योग कार्यालयका चन्दनकुमार अमात्य, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढा र उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष बासु खडिवडाले सहजीकरण गरेका थिए । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख रिजालले खाद्य जोखिम, फोहोर व्यवस्थापन, लेवलिङ, विभिन्न किसिमका रोगहरु, नेपालमा खाद्य स्वच्छताको अवस्था र सावधानी तथा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका अमात्यले उद्योग÷फर्म दर्ता, तथा नविकरणको लागि आवश्यक कागजात, दस्तुर, थाहा नगरमा  उद्योग र फर्ममा दर्ता भएको संख्या तथा सञ्चालन भएको तालिमका विषयमा जानकारी दिएका थिए । उनले गत आर्थिक वर्षको जेठ मसान्त थाहा नगरमा उद्योग तर्फ ५२ वटा फर्म, वाणिज्य तर्फ ४२ वटा फर्म दार्त भएको र उक्त दर्ता बाट क्रमशः १ लाख ५ हजार र २ लाख ७ हजार १ सय राजश्व संकलन भएको जानकारी दिए । साथै थाहा नगरमै १० वटा तालिम भएको जानकारी गराए । 


त्यसैगरि प्रमुख जिल्ला अधिकारी चक्र बहादुर वुढाले बजार अनुगमन र कारबाहीको विषयमा जानकारी गराएका थिए । उनले बस्तु तथा सेवा भित्र देखिएका समस्या र अहिले सम्म मकवानपुरमा भएको कानुनी कारबाहीको बारेमा प्रष्ट पारेका थिए । साथै अन्तरक्रियामा उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष वासु खतिवडाले ऐन नियम, बजार अनुगमन दिर्नेशिक, व्यवस्थित बजार लगायतको विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमम शान्तिपुर दैनिकका पत्रकार जनक तामाङ, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, वडा नं. ३ का वडा अध्यक्ष राजेश केसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा थाहा नगरका उद्यमी, व्यवसायी, वडा अध्यक्ष, वडा सदस्य, समजसेवि, वाणिज्य संघका सदस्य पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

मकवानपुरकै उत्कृष्ट महिला उद्यमिको रुपमा सम्मनित भएको भन्दै अझै उन्नती र सफलताको कामना सहित प्रमुख जिल्ला अधिकारीले आरती श्रेष्ठलाई खादा ओडाएर सम्मान गरेका छन् । 
    
 
    

https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।