Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा आँखा अस्पताल बन्ने

pictureofchildinmicroscop-1519803822.jpg

थाहा नगरपालिका र तीलगगां आँखा अस्पतालको समन्वयमा थाहा नगरपालिकाको थानाबजारमा आँखा अस्पताल बन्ने भएको छ । तीलगंगा आँखा अस्पताल र हेटौडा सामुदायिक आँखा अस्पतालको सहयोगमा करिब ५० लाख रुपैयाँको लगानीमा आँखाको सामान्य उपचार गर्न सकिने गरि अस्पतालको निर्माण गर्न लागिएको हो । थाहा नगरपालिका थानाबजारकोे सामुदायिक प्रहरी सेवा केन्द्रको करिव १ सय मिटर भित्रको सार्वजनिक जग्गाको २ रोपनी १४ आना क्षेत्रफलमा अस्पतालको भवन बन्न लागेको थाहा  नगरपालिकाका नगरप्रमुख लबशेर बिष्टले बताउनु भयो । अस्पताल निर्माणको लागि अहिले हेटौडा सामुदायिक आँखा अस्पताल र तीलगंगा आँखा अस्पतालसंग सहकार्य र छलफल भैरहेको नगरप्रमुख बिष्टले बताउनु भयो । भवनको लागि इष्टिमेट गर्न बाकी नै रहेको र जग्गाको नापी गर्ने कार्य भने सकिसकेको छ । अब बन्ने अस्पताल थाहा नगरपालिकाको नै पहिलो आँखा अस्पताल रहेको र सके सम्म चाँडै नै भवन निर्माण कार्य सकाउने उहाले बताउनु भयो । 

तस्बिरः–गुगल



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।