nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा स्थायी घर भएका ३ संक्रमित मध्ये १ जनाले कोरोना जिते

corona-update-t-1590460634.jpg

मकवानपुर थाहा नगरपालिकाका तीन कोभिड–१९ संक्रमित मध्ये १ जनालाई निको भएको छ । सुरेश विडारीथाहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका सुरेश विडारीलाई भएको संक्रमण निको भएको हो । ३० वैशाखमा कोभिड संक्रमण पुष्टि भएको विडारी १२ जेठमा डिस्टचार्ज भएका हुन् । करिब ६ वर्षदेखि विरगञ्ज बस्दै आएका विडारीलाई संक्रमण भएको थियो । उनी दशैयता आफ्नो घर चित्लाङमा आएका छैनन् । उनको नारायणी उपक्षेत्रिय अस्पताल विरगञ्जमा थिए । 

थाहा नगरपालिका वडा नम्बर ७ का ७ वर्षिय बालकको एपीएफ अस्पताल चन्द्रागिरी र थाहा–११ टिष्टुङका २७ वर्षिय पुरुषको  टेकूमा उपचार भैरहेको छ । बालकलाई २ जेठ र पुरुषलाई काठमाण्डौंमा कोभिड–१९ संक्रमण प्रमाणित भएको थियो ।  

संक्रममित परिवार सबैको कन्ट्रयाक ट्रेसिङ गरी पिसिआर परीक्षण गरिएको र कसैमा नदेखिएको डाक्टर सुबोध चापागाइले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)