nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर सहित जिल्लाभरीका परीक्षा शान्तिपूर्ण, १ दृष्टि विहिन सहित ११ कैदीले पनि परीक्षा दिए 

माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा थाहानगरको जनकल्याण मावि परक्षिा केन्द्रबाट २ सय ८८ परीक्षार्थीले परीक्षा दिएकाछन् । परीक्षामा ७ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए । जनकल्याण परीक्षा केन्द्रमा एक्जामटेड तर्फ एक छात्र र ४ छात्राले परीक्षा दिए भने आशिंकतर्फ जम्मा ७ जना छात्राले मात्र परीक्षामा सहभागी भए । एसइइमा रेगुलर तर्फ ४ र आंशिकतर्फ ३ जना अनुपस्थित रहे । जनकल्याण केन्द्रबाट झम्केश्वरी मावि, मत्स्यनारायण मावि, सुन्दरीदेवी मावि, सरस्वती मावि , इन्द्रायणी मावि आग्रा, लेकाली बसीफाँट मावि नामटार, कमलादेवी मावि डाँडाखर्कका परीक्षार्थीले परीक्षा दिइरहेका छन् । त्यसैगरि मत्स्यनारायण माविमालाई ४ वटा विद्यालयहरुको केन्द्रको रुपमा तोकेको छ । ८ विद्यालयहरुको केन्द्र बज्रबाराही मावि र ७ विद्यालयहरुको केन्द्रको रुपमा सरस्वती बालबोधनी मावि मार्खुलाई तोकेको छ । 

मत्स्यनारायण मावि केन्द्रबाट रेगुलरमा १ सय ५४ जनाले परीक्षा दिुपर्नेमा २ जना अनपस्थित, ईक्जयामटेडमा ६ जनाले दिनुपर्नेमा ३ जना अनुपस्थित र आंशिकमा ४३ जनाले दिनुपर्नेमा २२ जना अनुपस्थित रहेको मत्स्यनारायण माविका सह केन्द्रध्यक्ष विष्णुहरि ढकालले जानकारी दिए । यस केन्द्रबाट २ सय ३ जनाले परीक्षा दिनु पर्नेमा १ सय ७६ जनाले मात्र परीक्षा दिएको छ । परीक्षा भने सौहार्द वातावरणमा सम्पन्न भएको केन्द्रले जनाएको छ । उत्तरी मकवानपुरमा जम्मा ४ वटा परीक्षा केन्द्र तोकिएको छ । बज्रबाराही केन्द्रबाट ९८ छात्र १ सय ३ छात्रा र ४ जना ईक्जयामटेडले परीक्षा दिएको शिक्षक निराजन गोपालीले जानकारी दिए । त्यस केन्द्रमा पनि आजको परिक्षा सौहार्द पूर्ण वातावरणमा सम्पन्न भएको केन्द्रध्यक्ष रमेश मान ढङ्गोलले बताए ।

३ चैत्रबाट शुरु भएको एसइइ परीक्षा शान्तिपूर्ण रुपमा संचालन भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए । जनकल्यण परीक्षा केन्द्रमा भएको परीक्षाको थाहा नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख दिपक गजुरेल लगायतले पनि अवलोकन गरेका थिए ।

मकवानपुरमा परीक्षा सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरले २४ वटा केन्द्र निर्धारण गरेको छ । ११ चैतसम्म सञ्चालन हुने परीक्षामा जिल्लामा नियमिततर्फ २ हजार ८ सय ९२ छात्र र ३ हजार ३ सय ६० जना छात्रा गरी जम्मा ६ हजार २ सय २५ जना विद्यार्थी रहेको कार्यालयले जनाएको छ । 

यस वर्ष एक्जाम्टेडतफ २३ जना छात्र र ६२ जना छात्रा गरी ८४ जना र आशिंकमा ४४ जना छात्र र ७५ जना छात्रा गरी १८२ विद्यार्थी परिक्षामा सहभागी भएको सहायक जिल्ला शिक्षा अधिकारी शर्माले जानकारी दिए । मकवानपुरबाट १८२ जना परिक्षार्थी अनुपस्थीत भएका छन भने एक जना दृष्टी बिहिन र ११ जना कैदीहरु परिक्षामा सामेल भएका छन । यसवर्ष मकवानपुरबाट पहिलोपटक दृष्टि विहिनले परीक्षा दिएका हुन् ।