Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर शिखरकोटका युवाहरुले गरे सडक सरसफाई

मकवानपुरको थाहागर स्थित शिखरकोट बजार सरसफाई गरिएको छ । पृथ्वीराजमार्ग पहिरोका कारण अवरोध हुन थालेपछि बढेको सवारी चापले सडकमा रोडाजन्य फोहोर भएपछि स्थानीय युवाहरुले सरसफाई गरेका हुन् । सवारी आवागमन बढेसंगै सडकमा पिचका मसिना रोडाहरु जम्मा भएको र दुईपाङग्रे सवारी दुर्घटनाको संभावना बढ्दै गएपछि सरसफाई गरिएको हो । 

शिखरकोटमा सरसफाई गर्न थाहा नगरपालिकका वडा नम्बर ३ र ४ का शिखर युवाक्लबमा आवद्ध युवाहरु तथा शिखरकोटका व्यवशायीहरु खटिएका थिए ।