Saturday, 5th September, 2026
वि.स.

थाहानगर : शिक्षकहरुका लागि योग–ध्यान तालिम शुरु

Screenshot-2023-09-04-090-1693797495.png

थाहा नगरपालिकाका शिक्षकहरुका लागि योग, ध्यान र साधना तालिम १८ भदौ सोमबारबाट शुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने तालिम सोमबार विहान ६ बजेबाट जेसीज सभा हलमा शुरु भएको हो ।

थाहा नगरपालिकाका विद्यालयहरुमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १,२,३,४,७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकहरुको सहभागितामा तालिम शुरु गरिएको थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले थाहाटाइम्सलाई जानकारी दिए ।

पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी २९ जनाको सहभागिता रहेको छ । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीहरुलाई योग ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो ।

शिक्षकहरुलाई तालिम दिएर उनीहरुमार्फत् विद्यार्थीहरुलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । 

विद्यार्थीहरुलाई योग, ध्यान र साधनामार्फत् अनुशासित र कर्तव्यनिष्ठ बनाई मानव मूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । 

तालिमका सहाभागीहरुलाई योग गुरु राजन बिडारीले प्रशिक्षण दिइरहेका छन् । तालिमको संयोजन सुनौलो सामुदायिक सिकाइ केन्द्रले गरिरहेको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif