Sunday, 6th September, 2026
वि.स.

थाहानगर र इन्द्रसरोवरमा महाशिवरात्रीको तयारी यस्तो छ

महाशिवरात्रीको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा रहेको बिभिन्न शिव मन्दिरहरुमा पुजा पाठ, शिव धुनी तथा मेला लाग्ने भएको छ । हरेक बर्ष झै यो वर्ष पनि फाल्गुन कृष्णपक्ष त्रयोदशीको दिन तथा फाल्गुण १ गते भोली पुजा पाठ, शिव धुनी तथा मेला लाग्ने भएको हो । 
यसैबीच थाहा नगरपालिकामा रहेको गोरखनाथ मन्दिर, पाण्डुकेश्वर मन्दिर, ऋषेश्वर मन्दिर तथा अन्य शिब मन्दिरहरुमा १ फागुन बिहानैदेखि नै भक्तजनहरुको मेला लाग्दैछ ।

महाशिवरात्रीको दिन लाग्ने मेलाको लागि यता पाण्डुकेश्वर मन्दिर परिसरमा मन्दिर परिसरमा सरसफाइ गरिएको छ । पाण्डुकेश्वर क्षेत्र बिकास समिति र नेपाली सैनिक, बहाल वाला सैनिक, भुतपुर्व सैनिक र भक्तजनहरुको संलग्नतामा सरसफाइ गरिएको हो । बैद्धिक सनातन धर्मको रक्षार्थ पाण्डुकेश्वर क्षेत्र बिकास समितिको आयेजनामा भोली लाग्ने मेलाको लागि मन्दिर परिसरलाइ ब्यवस्थित बनाइएको भुतपुर्व सैनिक सघं जिल्ला सभापति कमल कुमार केसीले जानकारी दिए ।

यस्तै उत्तरी मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका वडा नं।५ तथा साविक फाखेल गा।वि।स।को पौवामा स्थित धार्मिक एवं ऐतिहासिक महत्व बोकेको श्री हत्केश्वर महादेवको मन्दिरमा महाशिवरात्रीको दिन १ फागुनमा जात्रा लाग्ने भएको छ । यहि फाल्गुन कृष्णपक्ष त्रयोदशीको दिन फाल्गुण १ गते परापूर्व समयदेखि हिन्दुधर्म सँस्कार अनुरूप यस बर्षपनि पूजा तथा जात्रा हुने भएको हो । मन्दिरलाई धार्मिक तथा पर्यटकीय रूपमा विस्तार गर्न, परापूर्व समय देखि बिद्यमान रितिरिवाज, धार्मिक कलासँस्कृती एवं परंपरालाई निरन्तरता प्रदान गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत रुपमा दर्ता भइ मन्दिर संरक्षण समिति  सञ्चालनमा रहेको छ ।

फाल्गुन कृष्णपक्ष त्रयोदशीको दिन फाल्गुण १ गते राती मन्दिर परिसर पौवामा जाग्राम बस्ने र २ गते स्थानिय संस्कृति अनुसार जात्राको कार्यक्रम गरिने श्री हट्केश्वर महादेव मन्दिर संरक्षण समितिका सचिब रमेश बहादुर लामाले जानकारी दिए ।

-मञ्जरी बलामी/थाहानगर



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०