nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर बिसिङ्खेलको चम्पाकेश्वरमा त्रिशुल स्थापना

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं १० स्थित चम्पाकेश्वर मन्दिर परिसरमा २ड असोजमा त्रिशुल स्थापना गरिएको छ ।  सनातन धर्मको रक्षार्थ स्थापना भएको उक्त मन्दिरमा विगत लामो समयदेखि मनाइदै आइरहेको चम्पाकेश्वर जात्रा नजिकिदै गर्दा मन्दिर परिसरमा त्रिशुल स्थापना गरिएको हो ।  

थाहा नगरपालिकाको वडा नं १० का वडाबासीहरुबाट सामुहिक रुपमा रकम संकलन गरि करिब ३ लाखको लागतमा त्रिशुल निर्माण गरि स्थापना गरिएको चम्पाकेश्वर मन्दिर व्यवस्थापन समितिका संयोजक रामकृष्ण गमालले बताए ।

उक्त मन्दिर परिसरमा २७ असोजमा सानो र २८ असोजमा ठुलो गरि दुर्इवटा त्रिशुल स्थापना गरिएको छ । अनौपचारिक रुपमा त्रिशुलको स्थापना २८ असोजमा गरिए पनि त्रिशुलको उद्घाटन कार्यक्रम भने जात्राको दिनमा मात्र गरिने १० नं वडाका वडाध्यक्ष हिराबहादुर गमालले बताए ।

चम्पाकेश्वरमा प्रत्येक वर्षको कार्तिक १ गते मेला लाग्ने गर्दछ । त्रिशुलको स्थापना विशेष त जात्राको लागी गरिए पनि त्रिशुलको महत्व सदाबहार हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गमालले बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।