Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकालाई गैरसरकारी संस्थाबाट स्वास्थ्य सामग्री सहयोग

CCDN-1588648700.JPG

मकवानपुर थाहा नगरपालिकालाई सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) ले विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । यु.के.एड/डिफिडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शनको सामाजिक अगुवाइमामा सामाग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरिएको हो । 

कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिकालाई सिसिडिएनले सर्जिकल ग्लोब्स २ सय ५० पिस, ह्याण्ड स्यानिटाइजर ५०० एमएलको  २२ बोत्तल, १०० एमएलको १००० बोत्तल, पीपीई सेट १२ थान, इन्फ्रारेट थर्मोमिटर १० पिस, सर्जिकल माक्स २ हजार ५ सय थान, डिजिटर फ्लेक्सीबल थर्मोमिटर १२ पिस, के.एन. ९५ मास्क ४५ थान र हातधुने साबुन १ हजार ५ सय पिस सहयोग गरेको हो । 

नगरपालिका कार्यालयमा सिसिडिएनकी सामाजिक परिचालक सुशीला गोपालीले सामाग्रीहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरका संयोजक विवेक विडारीलाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा सिसिडिएनका सामाजिक परिचालकहरु, थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी तथा स्वास्थ्यकर्मीहरु र नगरपालिकाका कर्मचारहिरुको उपस्थिती रहेको थियो । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०