Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर डाँडागाउँका किशोर विष्टको घर जलेर नष्ट

थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँमा रहेको किशोर विष्टको घर जलेर नष्ट भएको छ । ५ चैत बेलुकी विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । 

घरमा लागेको आगो थाहा नगरपालिकाको दम्कलको सहायताले स्थानीयहरुले निभाएको भएपनि घर कामै नलाग्ने गरी जलेको छ । आगलागी भएपछि घरमा राखिएको धनमाल तथा लत्ताकपडा केही पनि झिक्न नभ्याएको गाउँलेहरुले बताएका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०