Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर चित्लाङका होटल होमस्टे १५ दिनका लागि बन्द

Baitha-1584855472.jpg

मकवानपुरको थाहा नगरपालिका ९ स्थित पर्यटकीय गन्तब्य चित्लाङका होमस्टे, रिसोर्ट, होटल तथा लजहरु १५ दिनका लागि बन्द गरिने भएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्‍याउने उद्धेश्यले व्यवसाय बन्द गर्ने निर्णय गरिएको हो ।शनिबार वडा कार्यालयमा बसेको स्थानीय पर्यटन व्यवसायीहरूको बैठकले स्थानीय क्षेत्रमा हुने पिकनिक र भोजभत्तेरलगायातका कार्यक्रमहरूमा पनि रोक लगाउने निर्णय गरेको छ ।

‘कोरोना भाइरस महामारी सर्न र सार्ने क्रमबाट मुक्त राख्न पर्यटन व्यवसायीसम्बद्ध सबै होमस्टे, रिसोर्ट, होटल, तथा लजहरुलाई आगामी दुई हप्ता बन्द गर्ने र यस क्षेत्रमा भैरहने पिकनिक, भोजभत्तेर आदि कार्यक्रमलाई रोक लगाउने निर्णय गरेका हौँ’ पर्यटन व्यवहायी बुद्धरतन मानन्धरले भने । 

मकवानपुरको प्रमुख पर्यटकीय गन्तब्यका रूपमा चर्चित चित्लाङमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गरेका छन् ।