nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर चित्लाङका विडारीलाई खोज पत्रकारिता पुरस्कार

नेपालस्थित अमेरिकी दूतावास र शेयरकास्ट इनिसिएटिभ नेपालले यस वर्षको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिक चितवनकी संवाददाता सविता श्रेष्ठले पाएकी छन् ।

उनले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा काननु बनाउन भइरहेको सकसका बारेमा गरेको रिपोर्टिङका लागि २ लाख रुपैयाँको सो पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार देशका सातवटै प्रदेशका आठ मुख्य शहरहरुमा गरिएको खोज पत्रकारिता रिपोर्टिङ प्रतिस्पर्धाबाट छानिएका सात जना अन्तिम प्रतिस्पर्धीमध्येबाट छनिएर श्रेष्ठलाई प्रदान गरिएको सेयरकास्ट इनिसिएटिभले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा उक्त पुरस्कार अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रदान गरे ।

त्यस्तै ७ प्रदेशका पत्रकारलाई पनि लेखनवृत्तिवापत ७० हजार रुपैयाँ प्रदान गरिएको छ । जसमा प्रदेश १ बाट पूर्वी हटलाइन दैनिकका प्रेमबहादुर कार्की ढोली, प्रदेश २ बाट अनलाइनखबरका सुरेश विडारी, प्रदेश ३ बाट नागरिक दैनिककी सविता श्रेष्ठ, गण्डकी प्रदेशबाट समाधान दैनिकका भरत कोइराला, प्रदेश ५ बाट अन्नपूर्ण पोष्टका शंकरप्रसाद खनाल, कर्णालीबाट कान्तिपुर दैनिककी चाँदनी कठायत र सुदूरपश्चिम प्रदेशबाट कान्तिपुर दैनिककी निर्मला कठायत रहेका छन् । विडारी मकवानपुर थाहा नगरपालिका चित्लाङका हुन्र ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)