Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर क्षेत्रको खाद्यन्न आवस्था दिनदिनै अद्यावधिक

थाहा नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेको खाद्यन्न पसलहरुमा रहेको खाद्य मोज्दात अद्यावधिक गर्ने गरेको छ । 
वडा कार्यालय र वजार व्यवस्थापन समितिको समन्वयमा यस्तो कार्य गरिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिका सदस्य अनिल लामिछानेले बताए । 

दैनिक रुपमा भित्रने खाद्यन्न तथा पसलहरुको खाद्यन्नको अवस्थाको विवरण नगरपालिकाले संकलन गर्ने गरेको हो । त्यस्तै नगरपालिकाले दैनिक प्रतिवेदनमा समेत उक्त विवरण समेट्ने गरिएको छ । अहिले नगर क्षेत्रका खाद्यन्न पसलहरुमा २ हजार ६ सय ८९ बोरा चामल, चार हजार ४१९ किलो दाल, ३१४ बोरा नून, ५३१ कार्टुन तेल, ३७ बोरा आँटा,  २६९ बोरा चिउरा, ९० बोरा चिनी मोज्दात रहेको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ । यो १७ चैतसम्मको अद्यावधिक विवरण हो । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)