Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर उद्योग वाणिज्य संघमा दीवापली सहित खुशीयाली

थाहानगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पाएको अवसरमा १५ साउन साँझ दीपावली गरेर खुशीयाली मनाएको छ ।

संघले महासंको सदस्यता पाएको खुशीयालीमा कार्यालयमा दीपावली गरिएको हो । उत्तरी मकवानपुरको उद्योगी, व्यापारीहरुको हकहितमा क्रियाशील संघले थाहा नगरपालिकाको उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यमा दिपावली गरिएको हो । कार्यक्रममा महासचिव सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष भरत गोपाली, सचिव प्रदिप प्रधानलगायतको सहभागिता रहेको कार्यालय सचिव अनिता विष्टले बताइन् ।  संघमा उत्तरी मकवानपुरका २ हजार ३ सय ७१ सदस्य आवद्ध छन् ।

काठमाण्डौंमा १५ साउनमा महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको महासंघको १२ औं बैठकले थाहानगर उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्रदान गर्ने निर्णग गरेको हो ।  थाहानगर उद्योग वाणिज्य संघलाई महासंघले सदस्यता प्रदान गरेकोमा धन्यावद समेत ज्ञापन गरिएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०