nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरलाई बालश्रम मुक्त घोषणाको लागि सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर

विश्व बालश्रम विरुद्ध दिवसको अवसर पारी उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बालश्रम मुक्त थाहा नगरपालिका घोषणाका लागि सामुहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । 

थाहा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा २९ जेठमा शिखरकोटको विकास घरमा एक कार्यक्रमको आयोजना गरि समाजमा भएको बालश्रम न्यूनीकरणमा जिम्मेवार व्यक्तित्वहरुको प्रतिबद्धता सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो । 

थाहा नगरपालिका सामाजिक विकास समितीका सदस्य जानुका ढकालको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछानेले कार्यक्रमको उदेश्य बारे जानकारी गराएका थिए । उनले थाहा नगरलाई यहि आर्थिक वर्षको असार २० गते भन्दा अगाडि नै बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्य रहेको बताए । जसका लागि नगरले अहिले बालश्रम भए नभएको जानकारीका लागी घरधुरी सर्वेक्षण, होटल, कारखाना तथा औद्योगिक क्षेत्रमा भैरहेको बालश्रमको प्रहरीको सहयोगमा पनि सर्भेक्षण लगायतका कार्यहरु गरिसकिएको उनले जानकारी दिए । 

उनले नगरपालिकाको लक्ष्यलाई प्राप्त गर्न सबै सरोकारवाला तथा जिम्मेवार व्यक्तिहरुले अपनत्व दिएर प्रतिबद्धता व्यक्त गर्दै काम गर्नका लागि अनुरोध गरे ।

कार्यक्रममा सञ्चारकर्मी कुमार नेगी, सुरेन्द्रमान प्रधान, यादवजंग रायमाझी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतीज्ञ, समाजसेवी, बुद्धिजीवी सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।