Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरलाई जिल्ला समन्वय समितिको राहत

Lab-1588525248.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले २१ वैशाखमा थाहा नगरपालिकालाई राहत सामग्री उपलब्ध गराएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाका मेयर लबशेर बिष्टलाई हेटाैंडामा राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

जिसस प्रमुख खुलालले मेयर बिष्टलाई १ हजार २५० केजी चामल, ७५ केजी दाल, एकसय प्याकेट नुन र १०८ पिस साबुन हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा लकडाउनका कारण प्रभावित नागरिकलाई वितरण गर्न अन्य स्थानीय तहलाई जस्तै जिससलाई प्राप्त राहत सामग्रीबाट थाहा नगरपालिकालाई पनि प्रदान गरिएको प्रमुख खुलालले जानकारी दिए ।

जिससलाई उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट थाहा नगरपालिकालाई राहत उपलब्ध गराइएको उनले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०