Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा ४९ जनामा आरडिटी टेष्ट गरियो

RDT-1588476551.jpg

मकवानपुर थाहा नगरपालिकामा ४९ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको नजिता नेगेटिभ आएको थाहा नगरपालिका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । 

नगरपालिकाले वडा नक्बर १ मा ३जनामा आरडिटी परीक्षण गरेको छ भने, वडा नम्बर २ मा ४, वडा नम्बर ५ मा १, वडा नम्बर ६ मा ४, वडा नम्बर ७ मा १७, वडा नम्बर १० मा ७ र वडा नम्बर ११ मा ५ जनामा कोरोना परीक्षण गरेको नगरपालिकाले जनाएको छ । यसबाहेक बाँकी देशकै विभिन्न कोरोना जोखिम क्षेत्रबाट आएकाहरुको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ  ।

सवासथ्य कार्यालय मकवानपुरमा प्राप्त आरडिटी किटले घरघरमै पुगेर परीक्षण गरिएको डाक्टर सुबोध चापागाइले जानकारी दिए ।  अहिले नगरमा अन्य कोरोना जोखिम जिल्लाबाट आएकाहरको पनि परीक्षण भैरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।