Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा ३२ व्यवशायी महिलाले पाए ब्याज अनुदान

मकवानपुर थाहा नगरपालिकाका ३२ जना महिलाहरुले ब्याज अनुदान पाएका छन् । 

सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय गर्ने महिलालाई मेन्टोर्श इन्टरनेशनल र च्वाइस नेपालले एक समारोहकाबीच व्याज अनुदान प्रदान गरेको हो । थाहानगरको पालुङ बहुउद्धेश्यीय सहकारी संस्थामार्फत् लगानी गरिएको कर्जाबाट व्यवसाय संचालन गरिरहेका महिलाहरुलाई २५ भाद्रमा  व्याज अनुदान प्रदान गरिएको हो ।

व्यवसायिक रुपमा अघि बढेका सदस्यहरुलाई पुरस्कारवापत  १० हजारका दरले व्याज अनुदान प्रदान गरिएको पालुङ सहकारी संस्थाका रामप्रसाद ढकालले बताए । कार्यक्रममा थाहा–२ का मैयादेवी कार्की र थाहा–४ की राधिका कार्कीले भने ३३ हजार रुपैयाको दरले पुरस्कार प्राप्त गरेका छन् । टेनलबाट खेती प्रविधिका लागि यो रकम उपलब्ध गराइएको च्वाइस नेपालका कूलप्रसाद तिवारीले बताए । 

संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षता र थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोपाली, च्वाइस नेपालका कार्यक्रम संयोजक चन्द्र अधिकारी, सहकारीका सचिब अरुण रायमाझी, सहभागी लक्ष्मी कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०