Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा १ सय १७ जनाले रक्तदान गरे

मकवानपुर थाहा नगरपालिकाको थानाबजारमा भएको रक्तदान कार्यक्रममा १ सय १७ जनाले रक्तदान गरेका छन् । 

लायन्स तथा लियो क्लब अफ पिस थाहा र थाहा नगरपालिकाको आयोजनामा भएको रक्तदान कार्यक्रम गरिएको हो ।  कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएका लियो क्लब अफ पिस थाहाका अध्यक्ष अनन्त ढकालले बताए । 

रक्तदान कार्यक्रम समापन पश्चात् सामुहिक फोटो खिच्दै । फोटो गणाेश विष्ट

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार भक्तपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमका लागि थाहानगर उद्योग वाणिज्य संघ, फरक सोच, पालुङ जेसीज , पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.र ब्लड बैंक एशोसिएशन नेपालले सहकार्य गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०