Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा स्कुलमा जेसीज अभियान शुरु

tttttttttttttt-1580275939.png

थाहानगरमा पहलाेपटक 'स्कुलमा जेसीज' अभियान शुरु गरिएकाेे छ । सन् २००० देेेेखि क्रियाशील पालुङ जेसीजले मंंगलबार थाहा-६ बज्रवाराहीस्थित बज्रवाराही माविमा एक अाैपचारिक कार्यक्रमकाे अायाेजना गरी अभियानकाे शुरुआत गरेकाे हाे । 

जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्रबहादुर बलामीकाे प्रमुख अातिथ्यता तथा पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनाेज रायमाझीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बज्रवाराही माविका कक्षा ११ र १२ का गरी ८७ जना विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । सहभागीहरुलाई पालुङ जेसीज वर्ष २०१९ का अध्यक्ष कुमार नेगीले जेसीजकाे परिचय, उद्देश्य, लक्ष्य, दुरदृष्टि, विश्वास, कार्य अादिका बारेमा उत्प्रेरणामुलक ढंगले प्रशिक्षण दिएका थिए । 

'स्कुलमा जेसीज' अभियानका संयाेजक सञ्जय गाेपालीले स्वागत गरेकाे कार्यक्रमकाे उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बलामीले बज्रवाराहीमा जेसीजले युवालक्षित कार्यक्रम अायाेजना गर्नु महत्वपूर्ण रहेकाे बताए । कार्यक्रममा बाेल्दै बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोलले युवाहरुमा देखिएकाे दुर्व्यसन हटाउन जेसीजले भूमिका खेल्नुपर्ने बताए  । त्यसैगरी ल्यायम्ह पुचःका मकवानपुर अध्यक्ष माेहनमान श्रेष्ठले युवाहरुमा नेतृत्व क्षमता विकास गर्न सके समृद्धिकाे लक्ष हासिल गर्न सहज हुनेमा जाेड दिए । 

साेे अवसरमा पालुङ जेसीज वर्ष २०१५ का अध्यक्ष जर्म श्रेष्ठ, वर्ष २०२० का कार्यकारी उपाध्यक्ष सविन विष्ट, महासचिब नवराज लामा, काेषाध्यक्ष संगम कार्की, उपाध्यक्षहरु निरज रायमाझी, विक्रम गाेपाली, सुजन कार्की, प्रकरण निर्देशक जयराम खत्री, सदस्यता विस्तार संयाेजक सुविन्द्रमान प्रधान, प्राविधिक शिक्षा संयाेजक अजित कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे । 

मंगलबार पालुङ जेसीज र ल्यायम्ह पुचः मकवानपुरकाे अायाेजना तथा संकल्प फार्मेसी अाेखरबजारकाे प्राविधिक सहयाेगमा निःशुल्क अाँखा तथा दन्त शिविर सञ्चालन गरिएकाे थियाे । विद्यालयका ३०० विद्यार्थीहरुकाे अाँखा र दाँत परीक्षण गरिएकाेमा ५५ जनामा अाँखा सम्बन्धी समस्या देखिएकाे उपाध्यक्ष निरज रायमाझीले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०