nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा साधना लघुवित्तले दियो सदस्यको ऋण मिनाहा

मकवानपुर थाहा नगरपालिका बज्रवाराहीमा रहेको साधना लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो सदस्य निधन भएपछि लिएको कर्जा मिनाहा गरेको छ । बज्रवाराही शाखाको केन्द्र नं ७० नागदह टिष्टुङकी सदस्य सुकु माया स्याङ्गतानले लिएको ७२ हजार १९१ रुपियाँ मिनाहा गरेको हो । 

गएको माघ २० गते निधन भएकी स्याङ्तानको घरैमा पुगेर लघुवित्तका कर्मचारीहरुले परिवारजनमा समवेदना समेत प्रकट गरेका थिए । १७ चैतमा स्याङ्गतानकै घर नजिक रहेको नागदह प्रा.विको प्राङ्गगणमा भएको एक समारोहकाबीच सुकुमायाकी पति सानुकान्छा घलानलाई संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभाग प्रमुख राम प्रसाद लामिछानेले मिनाह पत्र दिएका हुन् । कार्यक्रममा घलानलाई सुकुमायाको बचत ६ हजार १३० समेत थाहा नगरपालिकाका वडा नं ११ का वडा अध्यक्ष तथा कार्यक्रमका अतिथी किरणमान वलले हस्तान्तरण गरे ।

संस्थाका कर्जा तथा जोखिम ब्यावस्थापन विभाग प्रमुख राम प्रसाद लामिछानेले ग्रामिण भेगका समुदायलाई लक्षितगरि विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्दै आएको जानकारी गराए । कार्यक्रममा  थाहा ११ का वडा अध्यक्ष किरणमान वल, कार्यपालिका सदस्य तारे कामी, नागदह प्रा.विका संचालक समितीको अध्यक्ष लाल बहादुर वाइवा, के.नं ७० का केन्द्र प्रमुख राममाया स्याङ्गतान, सदस्य सोनु तामाङ्ग र श्याममाया बोमजोनले मन्तब्य गरेका थिए । कार्यक्रमको सहजिकरण बज्रवराहि शाखाको शाखा प्रवन्धक विष्णु माया पन्थले गरेकी थिइन् ।