nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा वृहद प्रशिक्षण: एमालेले मार्क्सवाद पढाएर गाउँ पठायो कार्यकर्तालाई

संविधान संशोधनको प्रस्तावलाई ठाडै अस्वीकार गरेर सडक र सदनमा आन्दोलन गरिरहेको प्रतिपक्ष दल नेकपा एमालेले मकवानपुरको थाहा नगरमा आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर टोल बस्तीहरुमा पठाएको छ । नेकपा एमाले मकवानपुरले पार्टीको केन्द्रीय कमिटिद्वारा सञ्चालित संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्ने क्रममा थाहापालिका भित्र बस्ने कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो ।

राज्य पुनर्संरचना आयोग जिल्ला प्राविधिक समितिबाट सिफारिस गरिएको थाहा नगरपालिका अन्तर्गत आग्रा, दामन, पालुङ, बज्रवाराही, टिस्टुङ र चित्लाङका एमाले सय बढी अगुवा कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी थिए । थाहानगरको थानाबजारमा मंगलबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटव्युरो सदस्य तथा स्कूल विभागका पूर्व प्रमुख बेदुराम भुषालले मार्क्सवाद र जनताको बहुदलीय जनबादबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा मकवानपुर २ नं. क्षेत्रका साँसद सुभाषचन्द्र ठकुरीले निर्वाचन क्षेत्र विकासका सन्दर्भमा भएका प्रयास र संचालित योजनाहरुको बारेमा प्रष्ट पारेका थिए । उनले संविधान संसोधनको प्रस्ताव असंबैधानिक भएको बताउँदै लोकतन्त्र मासिने गरी कुनै हालतमा संविधान संसोधन गर्न नसकिने बताए । सोही अबसरमा नेकपा एमाले ३ नं. प्रदेश कमिटी सदस्य एवम् अभियान अनुगमन सदस्य रामेश्वर रानाले राष्ट्रिय एकताको झण्डा एमालेले मात्र बोकेको र पुर्खाहरुको मुर्छा परेको सपना ब्युँझाएको बताए । उनले राष्ट्रिय समृद्धि निर्माणको अभिभारा एमालेको काँधमा आएको स्पष्ट पारेका थिए ।

एमाले मकवानपुरका सचिबालय सदस्य तथा जनपरिचालन अभियान थाहा नगरका संयोजक विष्णुप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपसंयोजक रामचन्द्र बलले प्रशिक्षणको औचित्यबारे प्रष्ट पारेका थिए । त्यस्तै एमाले थाहानगर अध्यक्ष अच्युतमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सदस्यहरु, जिल्ला विभागका सदस्यहरु, क्षेत्रीय तथा नगर कमिटीका सदस्यहरुसमेत सहभागी थिए । प्रशिक्षणपछि अब कार्यकर्ताहरु नयाँ प्रस्तावित संरचनाको थाहानगरमा जनपरिचालन अभियान लिएर टोलटोल पुग्ने संयोजक विष्णुप्रसाद ढकालले जानकारी दिए । यसका लागि क्षेत्र र संयोजक तथा उपसंयोजक चयन गरिसकेको उनले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)