Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा विदेशबाट आएकाहरुको डाक्टर मार्फत दिनदिनै फलोअप

Dr-3-1585710929.jpg

थाहा नगरपालिकामा भारलगायत विदेशबाट नगर पालिका क्षेत्रमा भित्रिएका ७४ जनाको स्वासथ्य परीक्षण तथा घर भेटघाट गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसंगै थाहा नगरपालिकामा २०७६ फागुन १५ गतेपछि भित्रिएका नागरिकहरुको डाक्टर मार्फत फलोअप गरी स्वास्थ्य परीक्षण समेत गरिएको हो । उनहिरको हालसम्मको अवस्था सामान्य रहेको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

नगरमा भित्रिएका ७९ जनमा अब ५ जनाको स्वासथ्य परीक्षण बाँकी रहेको डाक्टर उदय रोकाको भनाइ छ । उनहिरुको पनि तत्काल परीक्षण गरिने डाक्टर रोकाले बताए । विदेशबाट आएकाहरको सबेको अवस्था सामान्य भएकोले उनीहर होम क्वारेन्टाइनमै बसेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । डाक्टरहरु मार्फत दैनिक रुपमा विदेशबाट आएकाहरुको फलोअप गर्ने गरिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)