Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा राजनीतिक गठबन्धन : अवसर कि चुनौति ? के भन्छन् नगरका नेतृत्व

विष्णु प्रसाद ढकाल
नेकपा एमाले

अब मुलुकमा राजनीतिक परिवर्तन भएको छ । राजनीतिक कोर्श पुरा भएकोले अब हामी सबै नेपालीको एउटै एजेण्डा भनेको आर्थिक विकास र समृद्धिको हो । एउटै एजेण्डा भएकाले पार्टीहरु अलग अलग हुनु जरुरी थिएन । संविधानमा नै नेपाल समाजवाद उन्मुख भनिएकोले अब हामी सबै मिलेर समाजवादका लागि लाग्नुको विकल्प छैन । यस घडिमा ऐतिहासिक जिम्मेवारी बोधका साथ मुख्यतः ३ दलहरुबीच एकता भएको छ ।

यो अत्यन्त खुशीको कुरा हो । थाहा नगरको सन्दर्भमा पनि यो एकताप्रति हामी खुशी छौं । नगरवासी पनि खुशी हुनुपर्छ किन कि अब हामी सबै एक भएर समृद्धिको बाटोमा जाने महत्वपूर्ण आधार तयार भएको छ । अहिले अब के हुन्छ, पार्टी कसरी अघि बढ्छ भन्ने प्रश्नहरु आएका छन् । प्रश्न आउनु त स्वभाविक हो तर सम्बन्धित पार्टीका कार्यकर्ताहरुले यो एकता किन भएको हो भन्ने कुरा पहिला बुझ्नु पर्छ । खासगरी एमाले र माओवादीमा कार्यकर्ताहरु धेरै भएकाले अहिले शुरुमा व्यवस्थापन कसरी गर्ने भन्ने चुनौति हुन सक्छ । तर पदीय हिसावले कसले के पायो वा को कहाँ प¥यो भनेर हिसाव गरेर बस्नु हुन्न ।

यसलाई पनि कसरी व्यवस्थापन गर्ने भनेर पार्टीहरुको बीचमा एउटा सहमति होला, हामी त्यही अनुसार जाने हो ।

अरुण रायमाझी
नेकपा माओवादी केन्द्र

देश विकासको मूल आधार तयार पार्न हाम्रो एकता वास्तवमा आज भन्दा १० वर्षअघि नै हुनुपथ्र्यो । अहिले ढिलै भए पनि एकता गर्ने निर्णय भएको छ । यसलाई हामी स्वागत गछौं ।

अब हामी एकीकृत भएर थाहाको विकासमा सक्रिय हुनुपर्छ । मलाई लाग्छ यो एकताले थाहाको विकास तीव्र हुन सक्छ । अब अहिलेका लागि मैले एउटै चुनौति देखेको छु त्यो के भने हाम्रो एकता भइरहँदा यहाँ सूर्यमा कहिले भोट नहालेका माओवादी कार्यकर्ताहरु पनि छन् र हसिया हथौडामा कहिले भोट नहालेका एमाले कार्यकर्ताहरु पनि छन् । उनीहरुको आआफ्नै संस्कार र शैली छ ।

स्कुलिङ फरकफरक छ । त्यसैले शुरुमा केही समस्याहरु हुन सक्छन् । यसका लागि वास्तवमा ३ वटै पार्टीका नेताहरुले भुईं तहसम्मका कार्यकर्ताहरुलाई पार्टी एकता, अबको कार्यभार र पार्टी कार्यकर्ताहरुको व्यवहार र आचरणका बारेमा प्रष्ट पार्नुपर्छ । यो एकताबाट कतिपय कार्यकर्ताहरु अब के हुन्छ, कसरी अघि जाने भन्ने विषयमा चिन्तित देखिएका छन् । यो स्वभाविक हो । तथापि त्यस्ता कुराहरुलाई सम्बन्धित पार्टीका कार्यकर्ताहरुले फेसबुक वा सार्वजनिक रुपमा नै नकारात्मक ढंगले प्रकट गर्नु पनि राम्रो होइन । पार्टी एकताको निर्णय भइसकेकोले यही मेसोमा सबै कार्यकर्ताहरुले राजीनितिक चरित्र देखाउन सक्नुपर्छ ।

ज्योति रायमाझी
नयाँ शक्ति नेपाल

 यो एकताले हामीलाई खुशी नै तुल्याएको छ । राजनीतिक इमानदारिताका साथ विकासको मूल प्रवाहमा एकीकृत भएर जाने शक्तिको निर्माण हुनु अहिलेको आवश्यकता हो । त्यही आवश्यकताले पाँच ‘स’ प्रतिवद्धतासहित नयाँ शक्ति स्थापना गरिएको थियो ।

अहिले बैकल्पिक शक्तिको रुपमा एकीकृत पार्टीको स्थापना गर्ने निर्णय हुनु राम्रो कुरा हो । अब एउटै बुझ्नु पर्ने कुरा के छ भने यो एकताको कार्यान्वयनमा राजनीतिक इमानदारिता कति रहन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । विगतमा पनि यसप्रकारका एकताहरु नभएका होइनन् । २०४८ सालमै पनि वाम मोर्चा गठन भएकै हो ।

अहिले जेसुकै सहमति गरे पनि नेतृत्वमा रहनेहरुले आफूलाई भविष्यमा कसरी प्रस्तुत गर्ने छन् भन्ने कुराले एकतालाई बलियो वा कमजोर बनाउँछ । जहाँसम्म थाहा नगरको सन्दर्भ छ, पार्टी एकतालाई बलियो त्यतिबेला मात्र बनाउन सकिन्छ जतिबेला नेता तथा कार्यकर्ताहरुमा एक अर्काप्रति विश्वासको वातावरण बन्न जान्छ । मुख्यतः ३ वटै पार्टीमा भएका दक्ष, क्षमतावान र राजनीतिक चरित्र भएका कार्यकर्ताहरुको एउटा टिम बनाउने हो र उनीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने हो भने यसले राम्रो परिणाम दिने छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)