Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा यती डेभलपमेण्ट बैंकको वित्तीय साक्षरता अभियान 

यती डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियान संचालन गरेको छ । अभियानको क्रममा मकवानपुरको थाहानगर स्थित यति डेभलपमेण्ट बैंक पालुङ शाखाले पनि आफ्नो सेवा क्षेत्रका विद्यालयहरुमा कार्यक्रम गरेको छ । शाखाले थाहानगरको जनकल्याण मावि कक्षा ११ का विद्यार्थीहरुका लागि पनि कार्यक्रम गरेको हो । 

ग्रामिण क्षेत्रहरुमा बैकिङ र बचतको महत्व बारे जानकारी गराउने उद्देश्यले  "जोडौं एक नाता, खोली बैंकमा खाता"को नारा सहित बिभिन्न चेतनामुलक कार्यक्रम तथा बित्तीय साक्षरताको कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिएको पालुङ शाखा प्रबन्धक संगिता बज्राचार्यले जानकारी दिइन् । कार्यक्रममा बैैंक के हो, आधुनिक बैंकिङ प्रणली, आर्थिक उन्नतीको लागि बैंक किन आवश्यक पर्छ र आजको बचत भोलीको लगानीको लागि पूँजी हुन सक्छ भन्ने सवालहरुमा प्रकाश पारेकी थिइन ।  

त्यसैगरी  पालुङ शाखाका नितेशराज पाण्डे र सरद हमालले फजुल खर्च कटौती गरि बचतको बानीको विकास, वित्तीय सुरक्षाका आधारहरु तथा रेमिट्यान्सको बारेमा जानकारी गराएका थिए । 

यस्तो कार्यक्रम ग्रामिण क्षेत्रका बिभिन्न महिला समुह, सरकारी बिद्यालय तथा शिक्षाको पहुंच कम भएका क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बताए । बैंकले संस्थागत सामाजीक उत्तरदायित्वका बिभिन्न कार्यक्रमहरु जस्तै स्वास्थ्य परीक्षण, नारी सम्मान, बालबालिकाहरुलाई पाठ्यसामाग्रीहरु बितरण, रक्त दान जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।