Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा भेटिए पाँचसयका नक्कली नोट [यसरी चिन्नुस नक्कली नोट]

मकवानपुरको थाहा नगरपािलका बैंक तथा सहकारीहरुमा नेपाली नोटहरु नक्कली भेटिएका छन्। 

थाहानगरका बैंक तथा सहकारीहरूमा पाँचसयका नोटहरु नक्कली भेटिएको महालक्ष्मी विकास बैंकका सहायक कर्मचारी सुशान्त ढकालले बताए । उनले महालक्ष्मी विकास बैंकमा पाँचसयको नक्कली नोट भेटिएको जानकारी दिए । बैंकमा नक्कली नोट आउन थालेपछि ४ मंसिरमा महालक्ष्मी विकास बैंक पालुङ शाखाले नोट परीक्षण गर्ने मेशिन ल्याइएको ढकालले जानकारी दिए ।  

त्यस्तै थाहा नगरपालिकाको शिखरकोट स्थित कुण्डलदेवी बहुद्देश्यीय सहकारी संस्थामा पनि नक्कली नोट भेटिएको सहकारीका व्यवस्थापक राजन मिश्रले जानकारी दिए । कुण्डलदेवीमा भेटिएको नोटमा गभर्नरको हस्ताक्षर थिएन भने महालक्ष्मीमा भेटिएको नोट ज्यादै कमसल कागजमा छापिएको थियो । 

यसरी चिन्नुस नक्कली नोट

१. सक्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

२. नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्पm रहेको सेतो भागको बायातर्पmको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्पm फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

३. सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।

४. जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन । सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।

५. नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।

६. नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । सक्कली नोटमा कागजको नोट बन्दा नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्पm फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७. सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन ।

८. बैङ्किङ च्यानलमा भने नक्कली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०