Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा बैंक र वडाबीचको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने

vatt-1588216850.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को सामाजिक सुरक्षा भत्ता वितरणका लागि सहज बनाउन बैंकहरुसंग छलफल गरेको छ । कोरोना भाइरसबाट सर्ने कोभिड १९ को रोकथाम तथा नियन्त्रणको क्रममा भएको लकडाउनमा सहज तरिकाले भत्ता वितरण गर्ने विषयमा छलफल भएको हो । 

नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा भएको छलफलबाट बैंकले वडा कार्यालयहरुसंगको समन्वयमा वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । स्थानीय तहले नगदै भत्ता वितरण गर्नु ‘सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५’ विपरित हुने कार्यविधिमा उल्लेख छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ बाटै थाहा बैंक मार्फत भत्ता वितरण गर्दै आएको छ । 

थाहा नगरपालिकामा वडा नम्बर १, २, ११ र १२ महालक्ष्मी विकास बैंक पालुङबाट, वडा नम्बर ३, ४ र ५ कृषि विकास बैंक पालुङ, वडा नम्बर ७ र ८ सेन्चुरी कर्मर्सियल बैंक दामा शाखा  तथा वडा नम्बर ६, ९ र १० को सामाजिक सुरक्षा भत्ता सेन्चुरी बैंक बज्रवाराही शाखाबाट वितरण हुँदै आएको छ ।