Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा बाल अधिकार सम्बन्धी दुईदिने अभिमुखकिरण शुरु

थाहा नगरपालिकाको शिखरकोटमा ‘बाल अधिकार, बाल संरक्षण सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोग, थाहा नगरपालिकाको आयोजना तथा बाल कल्याण समाज मकवानपुरको समन्वयमा ६ मंसिरदेखि कार्यक्रम शुरु भएको हो । 

तालिकममा थाहा नगरपालिकाका झम्केश्वरी मावि, मत्स्यनारायण मावि तथा जनकल्याण माविका गरी २२ जना बालक्लबमा आवद्ध बालबालिकाको सहभागिता रहेको छ । तालीमका सहभागीहरुलाई बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले सहजीकरण गरिरहेका छन् । तालीमको थाहा नगरपालिकाका नगर उप प्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । कार्यक्रममा प्लान इन्टरनेशनलकी कान्छी श्रेष्ठ, ज्ञानेन्द्र शाहको आतिथ्य रहेको थियो । 

कार्यक्रममा बाल अधिकार, बाल अधिकार महासन्धी, बालबालिकाले आफ्नो संरक्षणका लागि आफै सक्रिय हुनुपर्छ, बाल संरक्षण के हो ?, लैङ्गिक हिँसा दुव्यवहार भएमा कसरी कहाँ खबर गर्ने लगायतको विषयमा छलफल भएको बाल कल्याण समाज मकवानपुरका सुपरभाइजर अमित श्रेष्ठले बताए । तालिममा बालबालिकाले लक्ष्य तय गर्दा त्यसका लागि आफैले आधार तय गर्दै जानुपर्ने लगायतको विषयमा छलफल भएको सहजकर्ता खतिवडाले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०